पलाता गाउँपालिकाले लकडाउनमा परेका नागरीकलाई उद्वार गर्दै 

नमराज न्यौपाने पलाता कालिकोट
कर्णाली प्रदेश सरकार, स्थानीय गृह प्रशासनसंगको समन्वयमा इन्डियाको विभिन्न ठाउँ बाट आयर बौडरमा र कैलालिको लम्किमा अलपत्र परेका कालीकोटका नागरिकलाई पलाता गाउँपालिकाले उद्धार गरी कालीकोट लिन लागेको कैलाली निवासी महेन्द्र प्याकुरेलले बताउनु भयो । ब्यक्तिगत लगानिमा लकडाउनले गर्दा अलपत्र परेका कालिकोट जिल्लाका नागरिकको पलाता गाउपालीका अध्यक्ष बमले उद्धार गरी कालिकोट पुगाउन लागिरहेका अध्यक्षले यस अघि जिल्लाका विभिन्न स्थानीय तहका करिव ६० जना नागरिकलाई उद्धार गरि कालीकोट ल्याइएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनु भयो ।

पलाता गाउँपालिकाले स्थापना गरेको राहत कोषमा व्यक्तिगत २० लाख जम्मा गरेका अध्यक्षले सोही राहत कोषबाट खर्च हुने गरि ६० जना नागरिकको भाडा तिर्ने सर्तमा विभिन्न शहरमा अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गरि कालीकोट ल्याउनु भयको थियो ।


त्यसै गरि अहिले इन्डिया बाट आयर बौडर सिमानामा अलपत्र र कैलालीको लम्कीमा रहेका ब्यक्तीको उद्दार गरिएको छ । साला लाई अस्पताल लिएर गएको थिए । लकडाउनमा परियो, उपचार गर्ने पैसाले खान बस्न ठिक्कै भयो, कालीकोट आउने समेत भाडा थिएन । घरसम्म आउनका लागि हार गुहार गरेपनि कसैले सुनेन् । पचालझरनाका शक्ति संज्यालले बताए । भोकभोकै दुई दिन लगाएर बनबासा सम्म आएका थिर्यौ तर घर सम्म पुग्ने बतावरण थिएन अहिले पलाता सरकारले घर पुग्ने बातावरण मिलाएकोमा खुसी भएको अर्का जगत न्यौपानेले बताए । पलाता गाउपालिकाले आजै आफ्ना अलपत्र परेका जनाता लाई महेन्द्र नगर बाट पनि उद्वार गरी ल्याएको छ ।

उपचार लगाएतका बिभिन्न कामले पुगेर लकडाउनमा परेका नागरीकलाई उद्वार गरि पालिकामा ल्याइने भएको छ । पलाता गाउपालिकाको कुनै पनि नागरीकले संकटमा रूनु नप्रने बताउदै आएका अध्यक्ष बमले बिभिन्न ठाउमा रहेका गाउ आउन नचाहाने पलाता बासिका लागि पनि राहत ब्यवस्थापन गरेका छन् । अध्यक्ष बमले पलाताबाट कैलालीको लम्की, टिकापुर बस्ने नागरिकलाई पनि राहत रकम उपलव्ध गराउनु भयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *