रास्कोट नगरपालिकाले पहिलो चरणमा १०० व्यडको क्वारेन्टाइन निर्माण हुदै

भारत नेपाल को सिमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई आरडीटी चेकजाँच गरी उद्धार गरेर स्थानिय सरकारलाई जिम्मा लगाउन थाले पछि जिल्ला रास्कोट नगरपालिकाले वडा नं ६ को पोखरीकोट ,गंगाने खुल्लामा भारतबाट आउने नागरिकहरुको लागि एक सय व्यडको क्वारेन्टाइन तयार गरेको छ । प्रदेश सरकारले आफ्नो नागरिकहरुको उद्धार गरि क्वारेन्टाइनमा अनिर्वाय राख्ने गरी स्थानिय सरकारलाई जिम्मा लगाउने गरे यता स्थानिय सरकार क्वारेन्टाइन ब्यवस्थापनमा स्थानिय सरकार संक्रिय रुपमा लागेका छन । उनिहरुलाई क्वारेन्टाइनमा राख्नको लागि रास्कोट नगरपालिकाले पहिलो चरणमा  १००  व्यडको क्वारेन्टाइन निर्माण गर्न लागेको रास्कोट नगरपालिका प्रमुख कासीचन्द बरालले जानकारी दिनु भयो । रास्कोट नगरपालिकाका मात्रै मानिसहरु भारत लगाएतका बिभिन्न देशमा रहेका छन त्यस मध्य बढि भारतमा रहको छन तत्काल पहिलो चरणमा १ सय सम्म आउन सक्ने आंकलन गरेर उनिहरुको व्यवस्थापनको लागि क्वारेन्टाइन तयारी गरिएको बताउनु भयो । साथै उनिहरुको सुरक्षाको लागि नेपाली सेना, प्रहरी खटाउने समेत सल्लाह भइसकेको प्रमुख बरालले बताउनु भयो ।

क्वारेन्टाइन बाटै धेरै नागरिक भागेको, बस्न नमान्ने घरपरीवारसंग घुलमिल हुन खोज्ने यस अघिको सिकाइबाट यो बेला सुरक्षाकर्मी राखिने नगरप्रमुख बरालले बताउनु भएको छ । प्रमुख बरालका अनुसार, रास्कोट नगरपालिकामा कोरोना भाइरस सक्रमण शुन्यमा राख्ने उदेश्यले विभिन्न क्षेत्रबाट कडाइका साथ लागिरहेको र भारतबाट आएकाहरुमै अहिले सम्मको चेकजाँचमा पोजेटिभ देखिएकाले भारतबाट उद्धार गरिएकाहरुको हकमा बस्ती नजीकका स्कुलहरु भन्दा एकान्त ठाउँमै आबश्यक पुर्वाधार निमार्ण गरेर खानेपानी लगाएत आबश्यक बन्दोबस्त मिलाउन लागीएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *