नरहरिनाथ गाउँपालिकामा जनप्रतिनिधीहरुको नेतृत्वमा क्वारेन्टाइनहरु निर्माण गर्ने क्रम धमाधम

कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिकामा जनप्रतिनिधीहरुको नेतृत्वमा क्वारेन्टाइनहरु निर्माण गर्ने क्रम धमाधम चलिरहेको छ । विश्वसँगै नेपालमा पनि कोरोना भाईरसका कारण संक्रमितहरुको संख्या बढिरहेको यो विषम परिस्थितिमा सो महामारीलाई गाउँ गाउँमा भित्रिन नदिनका लागि गाँउपालिकाले विभिन्न स्थानहरुमा क्वारेन्टाइनहरुको व्यवस्थापन गरिरहेको छ ।गाउँपालिकाको वडा नं ८ को खुलालुमा वडा अध्यक्ष लोक बहादुर विष्टको नेतृत्व र स्थानिय बासीहरुको सहभागितामा क्वारेन्टाइनहरु निर्माण गरिएका छन्, भने अन्य वडाहरुमा पनि क्वारेन्टाईनहरु निर्माणाधिन अवस्थामा छन् ।

गाउँपालिकाका प्रत्येक वडाबाट छनोटका आधारमा जिल्ला भन्दा बाहिर रहेका ज्याला मजदुरी गरेर दैनिक जिविका निर्वाह गर्ने र विपन्न घरपरिवारका विद्यार्थीहरुका लागि राहत स्वरुप जनही रु २ हजार ५ सय रुपैयाका दरले रकम पठाईएको र बाँकी रहेकाहरुका लागि छनोटका आधारमा सम्बन्धित वडाहरुको जिम्मा दिईएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले जानकारी दिनुभयो ।गाउँपालिकाका नागरिकहरु अध्ययन तथा रोजगारीको सिलशिलामा स्वदेश तथा विदेशमा लकडाउनका कारण हरेक चुनौतिहरुसँग जुध्दै यो रोगसँग लडिरहेका नागरिकहरुलाई नआत्तिन गाउँपालिकाका अध्यक्ष बिष्टले अनुरोध समेत गर्नुभएको छ ।

विश्वभरी महामारीको रुप लिएको कोभिड १९ रोगको रोकथामका लागि मुलुकका तिनैवटै सरकारले यो महामारी रोकथामका लागि विभिन्न उपायहरु अवलम्बन गर्दै आईरहेको छ । यसै सन्दर्भमा नरहरिनाथ गाउँपालिकाले पनि स्थानीय जनप्रतिनीधीहरुको नेतृत्वमा स्वदेश तथा विदेशबाट गाउँपालिकामा भित्रिने नागरिकहरुलाई नियमानुसार क्वारेन्टाइनमा निश्चित समयावधीमा राखी कोरोना फैलिन र आफ्ना नागरिकहरुलाई यो रोगबाट सांक्रमित हुन नदिनका लागि गाउँपालिकाका ९ वटै वडाका जनप्रतिनीधी, कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई निरन्तर सेवाका लागि खटिई महामारी भित्रिन नदिन गाउँपालिकाका मुख्य प्रवेशद्वारहरुमा कडाईसँगै बाहिरबाट आउनेहरुका लागि खाँडाचक्र स्थित होटल चन्द्र सुर्यमा राख्ने व्यवस्था गरिएको र प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा ५ सैयाको आईसुलेशन कक्षको व्यवस्था पनि गरिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिनुभयो ।

यो महासंकटको बेला तिनवटै तहको सरकारसँगै प्रत्येक नागरिकहरुले आ आफ्नो दायित्व पुरा गर्न र गाउँपालिकाले गरेको तयारी र व्यवस्थापनमा अपुरो हुन सक्छ त्यो बेला आम नागरिक तथा सरोकारवाला सबैमा रचनात्मक सुझाव सहितको सहयोग गर्न उपाध्यक्ष बुढाले अनुरोध समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *