पलाताले स्वास्थ, शिक्षा, खानेपानी र यातायात लाई विशेष प्राथमिकता दिदै ।

 नमराज न्यौपाने
पलाता कालिकोट ।


कालिकोट जिल्लाको पलाँता गाउँ पालिकामा आज स्वास्थ्य शाखा पलाताको सामाजिक दुरि कायम गरि विश्व ब्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा रोग थामका लागि स्वास्थ सम्बन्धि बिपद पुर्ब तयारी तथा प्रतिकार्य बैठक सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख हिमाल संज्याल सि.अनमि किस्मता बम ,हे.अ बिनोद कुमार न्यौपाने, किर्डाक नेपाल पलाता प्रमुख लिला राम न्यौपाने, अहेव शंकर प्रसाद बराल र बिपद ब्यबस्थापन शाखा प्रमुख बिअ राज बम लगाएत सम्पुर्ण स्वास्थ चौकी र सामुदायिक स्वास्थ इकाई प्रमुख लगाएतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भयको छ भने क्वारेन्टाइनको विषय संक्रमीत ठाउँ तथा भारत बाट उद्दार गरि ल्याइएका मानिसहरु लाई कसरी राख्ने भन्ने विषयमा छलफल गरि आगामी आर्थिक बर्ष ७७र७८ का लागि नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गरिएको छ । स्वास्थ शाखा पलाताले कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको बेला आफू मातहतका सम्पुर्ण स्वास्थकर्मीहरु लाई सतर्कता अपनाइ खटन समेत अनुरोध गरेको छ । स्वास्थ शाखाले तयार पारेका सम्पुर्ण क्रियाकलाप तथा कार्यक्रम हरु गाउँ पालिकाले बिशेष प्राथमिकतामा राख्ने गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले बताउनु भयो । साथै पलाता गाउँ पालिकाले बिशेष गरि स्वास्थ, शिक्षा, खानेपानी, यातायात लाई विशेष प्राथमिकता दिदै आइरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *