तरुण दलका नेता शाही द्धारा पचालझरनाका ४५ जनालाई राहत वितरण ।

नेपाली काग्रेंसको भातृ संगठन नेपाल तरुण दल कालिकोट सह सचिव एंव यूवा नेता समाजसेवी देवेन्द्र बहादुर शाहिले पचालझरना गाउँपालिका ९ तिखातिका ४५ जना अतिविपन्न, एकल महिला, र असाहायहरु लाई राहत वितरण गर्नुभएको छ । लकडाउन अर्थात लामो समयको बन्दाबन्दिका कारण विहान वेलुका खान नपुग्ने समस्यामा परेका वडा र्न ९ तिखातिका ४५ समुदायहरुलाई चामल, दाल र तेल वितरण गर्नु भएको छ ।

अतिविपन्न र समस्यामा परेका नागरिकहरु लाई राहत दिदै युवा नेता शाहीले, आफु संग धेरै पैसा भएर हैन मानविय विचारले समस्यामा परेका अथवा, खान नपुग्ने समुदायहरुलाई सानो भएपनि सहयोग गरेको बताउनु भयो । अझैपनि लकडाउन कायमै रहिरहे काम नगरि खान नपुग्ने समुदायहरुलाई आफनो साथ र सहयोग निरन्तर रहने बताउनु भयो ।

उहाँले आफ्नो ब्यक्तिगत लगानिमा करीव ३० हजार रुपैया वरावरको सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । अहिले रोग भन्दा पनि भोकले नागरिक वढि त्रसित भएको बताउदै भोकले कोहि पनि त्रसित नहुन भनेर आफुले यो सहयोग गरेको शाहीले बताउनु भयो।

राहत लिदै एकल महिला मिठु दर्जिले संकटको वेला घरको चुलोमा आगो वालेर भोकोे पेट भरिने आषगर्दै नेता शाहीलाई खुशि हुदै धन्यवाद दिनु भयो । भोकपेट भरिने भयो, काम गर्न छाडेको लामो समय भइसक्यो । अव चामल पाइयो, भोको पेट भरिने भयो, भन्दै खुसि भएकि छन ।

राहत लिने मिठु दर्जि मात्र होइनन, आँखाको दृष्टि गुमाएका कमल शाहीले पनि नेता शाहीले गरेको रामो्र कामको लागि धन्यवाद दिनु भयो । हुनेखाने लाई त विहान वेलुका के खाउ भन्ने चिन्ता नहोला तर, कामगरि खाने, विपन्न, एकल महिला, असाहाय र असक्त्तको चुलोमा आगो बाल्दिने काम गरेकोमा नेता शाहीलाई खुसि हुदै धन्यवाद दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *