सेभ द्र चिल्डेन द्रारा १० लाख वरावरको स्वास्थ्य सामाग्री सहयोग ।

   जिल्लाका बिभिन्न स्थानिय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्त्रण गरिएको छ । सेभ द चिल्डेन, भिडिसेफ नेपाल र किर्डाक नेपालको सहयोगमा जिल्लाका खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरीनाथ गाँउपालिका, शुभकालिका गाँउपालिका र रास्कोट नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्त्रण गरिएको हो । कोरोना बिरुद्धको अभियानमा फिल्डमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्रीहरु बिहिबार हस्तान्त्रण गरिएको छ । भिडिसेफ नेपाल कालिकोटका व्यवस्थापक राजेन्द्र सहकारी र किर्डाक नेपालका कार्यक्रम राम रावतले जिल्लाका पाँच वटा स्थानिय तह र स्ववास्थ्य सेवा कार्यालयलाई बिभिन्न सामाग्रीहरु हस्तान्त्रण गरेका हुन् । भिडिसेफ नेपालका व्यवस्थापक सहकारीले महामारीको रुपमा फैलीयको कोभिड १९ लाई रोगथाममा सहयोग गर्न जम्मा १० लाख २० हजार वरावरको सुरक्षा सामाग्रीहरु हस्तान्त्रण गरिएको बताए । उनका अनुसार जिल्लाका पाँच पालिका र स्वास्थ्य सेवा कार्यालयलाई १ सय ५४ सेट पिपिई, एप्रोन १ सय १५ सेट, ग्लोब्स ७२ पिस, एन ९५ मास्क १ सय ४ थान, थर्मगन ११ थान, डिस्इन्फेक्सन ५० पिस, जर्कीन स्प्रे टेग्की ४६ थान र कोभीट पोष्टर १ सय ४५ थान बितरण गरिएको छ ।

 

कोरोना बिरुद्ध फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुको सहजताका लागि ती सामानहरु बितरण गरिएको किर्डाक नेपालका कार्यक्रम संयोजक राम रावतले बताए । उनले भने, जिल्लालाई कोरोना मुक्त बनाउन सबैको सहयोग जरुरी छ । कोरोना बिरुद्ध लड्नका लागि सबै तयार हुनुपर्छ । त्यसका लागि स्थानिय सरकार र स्वास्थ्य सेवा कार्यालयलाई गैरसरकारी निकायबाट पनि सहयोग गरिएको हो । जिल्लामा हाल ३ सय ७४ स्वास्थ्यकर्मीहरु कोरोना बिरुद्ध फिल्डमा खटिएका छन् । कोरोनाको महामारी बिरुद्धको अभियानमा आवश्यक पर्ने बिभिन्न सामाग्रीहरु सहयोग गरेकोमा गैरसरकारी निकायलाई स्थानिय तह र स्वास्थ्य सेवा कार्यालयले धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *