”लक्ष्मण बम नेता हैन पलाँताको भबिष्य हो चिन्न नसक्नु भुल हुनेछ” ( बिज्ञान बुढा )

म पलाँतामा जागिर खान आएको एक कर्मचारी हो मैले सेवा र सुल्कलाई उत्तिकै ढङ्गबाट आत्मसाथ गरेर दिन बिताईरहेको छु ।मेरो घर छिमेकि जिल्ला जुम्लामा भएपनि रहन सहन र चालचलनका हिसाबले पलाँता सँग थुप्रै कुरामा मेल खाने गर्दछ । यत्ति मात्र नभएर चेलिबेटिको नाताले पलाँता रोटि सँग को पनि गहिरो नाता जोडिएको छ ।
म पलाँता आएको करिब २ बर्ष पुग्नै लागेको छ । म यो पलाँता आउनु पुर्ब पनि पलाँता सुनेर बुझेको थिए किनकि पलाँता जागिर गर्न जानू पर्ने भो भनेर पलाँताको चिठि हातमा पर्दा त्यहाँको भुगोल कस्तो छ रु त्यहाँ को समुदाय कस्तो छ ? सेवा सुबिधा के के छ ? सडक देखि कति हिड्नु पर्छ पलाँता पुग्न ? दाना पानिको सहजता कत्तिको छ ? यस्तै थुप्रै प्रस्न हरु खडा हुन्थे र पलाँता जानकारसँग प्रत्यक्ष पनि बुझेको थिए तर कसैबाट यस्को सन्तोषजनक जबाफ पाएको थिएन त्यता जानू भन्दा जागिर बरु छोड्न ठिक हुन्छकि जस्तो भान हुन्थ्यो तर मैले समाज सेवा को बाटो रोजेपछि जस्तो सुकै ठाउँमा गएर सेवा दिनु पर्छ भनेर निष्कर्षमा पुगेर पलाँता हानिएको थिए । आखिर पलाँता पुग्दै गर्दा उठेका १०० %साबित नभए पनि ८५ % सत्यनै लागेको थियो । पलाँतामा सडक भन्ने केहो, स्वास्थ्य सस्थाको नाममात्र , बिद्यालय को नाममा टिनको छानो , शुद्ध खानेपानि कस्तो हुन्छ परिचय पाउन गाह्रो देखिन्थ्यो यता बसेर कसरी सेवा गर्ने र दिन बिताउने जस्तो लाग्न थालेको थियो केही दिन बित्दै गए स्थानिय सरकारले चालेका कदम बिकाश प्रतिको कृयासिलता र सुजनसिलताले केही आशा पलाएको थियो स्थानिय सरकारसँगको सहकार्य बढ्दै गयो नीति तथा कार्यक्रम पलाँताको भबिष्य निर्माणहुने गरि आए आशा मात्र पलाएन समाजसेवामा थप हौसला बढेको थियो । हामी साथिहरु सँग छलफल गर्थ्यौ अब केही हुन्छकि पलाँतामा बिकाश पलाँतामा युवाले नेतृत्व गरेको छ ।

     जोस र जाँगर देखिन्छ र भिजन सहितको कार्ययोजना छ । आज त्यहि कुरा साबित हुँदै गएको देख्न पाउछौ । दुई बर्ष नबित्दै उकालो देखे तिग्रा काप्ने ठाउँमा गाडि चढ्न पायौ , सिटामोल नपाएर जीवन गुमाउने कथा सुन्ने पलाँतामा प्रयाप्त मात्रामा अौषधि उपलब्ध हुनुका साथै प्रत्यक बडामा स्वास्थ्य सस्था र घरघरमा स्वास्थ्यकर्मी परिचालन भएर सेवा दिने अबसर पायौ , बर्षौ देखि खाजाखर्चमा डटिरहने स्वयंसेविका मासिक प्राश्रमिक पाउने भईन , पाउना आउदा कसरी बोल्ने भनेर हिचकिचाउने दिदिबैनि महिला शशक्तिकरण परियोजनाले महिलाको क्षामता वृद्धि गरि यस्को बिकास गरेको देखियो , प्रयाप्त मात्रामा खानेपानिको ब्यबस्थापन हुँदै गरेको देखियो , ठाउँ ठाउँमा सिचाई अनि घरघरमा बिद्धुत झलमल्ल हुँदै गरेको देख्दा अबको केशि समय पछि स्थर उन्नति भएपछि सुबिधा सम्मपन्न स्थानिय तह हुन्छकि भनेर बिस्वस्नियता पैदा हुने प्रयाप्त आधार तयार गरेको छ । उत्ति मात्र नभएर बिकासमा थप गति दिन बिकाश निर्माण दल , शिक्षामा निसुल्क देखि लिएर गुणस्तर बढाउनल अथक मेहेनत साथै भौतिक संरचनामा पनि ठूलो परिबर्तन आएको देख्दा आज हामीलाई पनि पलाँतामा जागिर गर्छु र पलाँताको कर्मचारी हु भनेर गौरब गर्ने गरेको छु । साथै पलाँताको सरकार अनि सरकार प्रमुख लक्ष्मण बम पलाँति कान्छाको सुजनसिलता र गतिसिलताको उदारण दिने गरेको छु । मैले मात्र नभएर आज देशका धेरै गाउँ पालिकाबाट पाट सिकेको प्रमाणित भएको छ भने सम्पूर्ण जनप्रतिनिधिको लागि अध्यक्ष बम पाठशाला बन्नु भएको छ ।

      आज बलाँताको बस्तुईस्थि निहाल्ने हो र अध्यक्ष बमको दखलता केलाउने हो भने पलाँता यो ठाउँ पुर्याउन सयौ नेतृत्व सँगै लागेपनिसम्भब थिएन र अझै बाँकि कार्यभार पूरा गर्न पनि सम्भब देखिदैन बाँकि पूरा गर्न बमनै नेतृत्वमा रहनु पर्छ यो पलाँताको आबस्यकता हो । अध्यक्ष बम बिना पलाँता निर्माण समणभब छैन र कसैले परिकल्पना गरेछ भने त्यो भन्दा अर्को भुल केही हुनेछैन । मैले नजिक बाट बुझेका बम न कतै लोभ छ न कतै लालसो नत कतै डर छ नत कतै त्रास बिलक्षण शोभाबका नेता हुन अध्यक्ष बम पलाँति जनताले चुन्न जानेकै हुन र पलाँताको भुमिले मागेको एक कुशल नेतृत्व हो अझै समयमै बुझेर चिनेर साथमा साथ र काधमा काँध जोडेर जानू आजको आबस्यकता हो बम पलाँताका नेता मात्र नभएर भबिष्य हुन । उहाँ बिना पलाँताको बिकाशको यात्रा अपुरो हुन्छ र बिगत तिर फर्किन्छ पलाँता आजको गौरब गर्ने पलाँता रहदैन अध्यक्ष बमको नेतृत्व बिना यो पलाँति बासि सचेत र शिछित नागरिकले यो मेरो ब्याक्तिगत बुझाई र पलाँताको बिकाश देखि बस्तुस्थिति सँगको भोगाई हो ।

                  कसैलाई अन्याय पनि लाग्ला भने कसैलाई यो गुलामि गरिरहेको छ भन्ने लाग्ला जे देखे त्यहि लेखेको छु मैले यो लेखेर पद बढाउनु पनि छैन तलब बढाउनु पनि छैन र बढ्नेलपनि छैन एक भुक्तभोगि को अनुभव हो ।


लक्ष्मण बम नेता हैन पलाँताको भबिष्य हो चिन्न नसक्नु भुल हुनेछ ( बिज्ञान बुढा स्वास्थ्य ईन्चार्ज खिन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *