मनकारी अध्यक्ष बमलाई जतागए पनि फुर्सदै छैन ।

नमराज न्यौपाने
पलाता कालिकोट ।

       मानिस घर भित्र छन्। लकडाउन भएकाले घर बाहिर निस्किएका छैनन् । तर, ति मानिसको निगरानी र सुरक्षाको लागी सुरक्षाकर्मी सडकमा छन् । दिन रात प्रहरीले पहरा दिनु परेको छ।यस्तो अवस्थामा प्रहरीको स्वास्थ्य सुरक्षाको प्रश्न उठेको छ । सामान्य मास्कको भरमा प्रहरी सडकमा खटीनु पर्ने बाध्यता छ । प्रहरीको स्वास्थ्य सुरक्षाको लागी मास्क वितरण गर्ने, पानी खान दिने, सेनिटाइजर उपलब्ध गराइएको छ । पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले जोखिम पुर्ण अबस्थामा रहेको ट्राफिकलाई १०० पिस माक्स र १०० पन्जा र ५० थान सेनिटाइजर उपलब्ध गराएको कटक महताराले जानकारी दिनुभयो ।
अध्यक्ष बमको लोकप्रियतालाई कमजोर गर्न र उहाँको जोसजागर घटाउन विभिन्न सडेन्त्र गरियपनि समाज सेवा तिर कुनै कमि देखिएको छैन । धर्म पत्नि हष्पिटमा हुदा पनि उहाँको समाजसेवाले थकाई मार्न पाएको छैन त उहाँको समाज सेवाले भगवानको रुप प्रष्ट देखाउछ ।प्रहरी सामान्य माक्सको भरमा सडकमा खटिनु परेको अवस्था छ । त्यही भएर प्रहरीको स्वास्थ्य सुरक्षाको लागी सेनिटाइजर उपलब्ध गराएको हुँ अध्यक्ष बमले भन्नु भयो – हाम्रो सुरक्षाको लागी सधैं खटिने प्रहरीको स्वास्थ्य सुरक्षामा हामीले पनि ध्यान दिनुपर्छ। नागरिकको सुरक्षाको लागि आफू जोखीममा परेर भएपनि हामी खटिएका सुर्खेत ट्राफिकको काममा खटेका प्रहरी लाई सर्जिकल माक्स र ग्लोव्स वितरण गरेका छन् । सुरक्षामा खटिएका प्रहरीलाई उनले माक्स र ग्लोव्स दिएका बताउदै। समस्यामा परेका सान्नित्रिबेणि राष्कोट पचालझरना जुम्ला र पलाँताका १२० जनालाई २५ केजि चामल २ प्याकेट तेल समेत ब्यक्तिगत रुपमा बितरण गर्दै प्रत्यकको कोठामा गएर बितरण गर्दै आउनु भयको छ । त्यही दिन बिपन्न र दलित समुदायका २० जना बिपन्न परिवारलाई राहात बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *