भारतमा रहेका आफ्ना नागरीकको उद्धार गर्दै पचालझरना ।

  पचाल झरना गाउपालीका ले नागरिकको उद्धार कार्य थालेको छ । गाँउपालिकाले आज एक सुचना जारि गर्दे भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष खड्क राज सेजुवालद्धारा जारि सुचनामा कामको लागि सिक्किम पुगेका गाउँपालिकाका ५० जनालाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग गरिदिन हुन अनुरोध गरिएको छ । पालिकाले मजदुरिका लागि भारतको सिक्किम पुगेका नागरिक लाई गाउँपालिकासम्म पु¥र्याउनका लागि सम्बन्धित सबै क्षेत्रलाई आग्रह गरेको छ । गाउँपालिकाका ५० जना लामो समय देखि भारतको सिक्किममा अलपत्र परेका थिय । यो सुचनासंगै त्यहाँ रहेका मजदुरहरुमा खुशियालि छाएको छ । उनिहरुलाई बिभिन्न ठाँउका क्वारेन्टाइनमा राखेर घर जान दिने ब्यबस्था मिलाएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *