नरहरिनाथ गाउँपालिकामा हेलिप्याडको शिल्यान्यास ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाको केन्द्र रहेको वडा न‌‍ ३ कुमालगाउँमा हेलिप्याडको शिल्यान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको एक पालिका, एक हेलिप्याड निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले हेलिप्याड निर्माणका लागि शिल्यान्यास गर्नुभएको हो । अति आवश्यकीय विरामीहरुको लागि समेत बहुउपयोगी माध्यमको रुपमा पहाडी क्षेत्रमा हेलिप्याड निर्माण कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा कार्यक्रमको प्रश‌सा गर्दै स्थानीय जनताको प्रत्यक्ष जीवनमा सहजता पुग्ने शिल्यान्यास गर्र्दै अध्यक्ष बिष्टले बताउनुभएको हो ।

गाउँमा अप्रत्याशित विरामीहरु भएको बेला हेलिकोप्टर मार्फत उद्दारका लागि सजिलो हुने र प्रदेश सरकारले हेलिप्याड निर्माणका लागि नरहरिनाथ गाउँपालिकाका लागि छुट्याएको ९ लाख रकमको उपभोक्ता समितिबाट सो हेलिप्याड निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र बुढाले जानकारी दिनुभयो । गत वर्ष कर्णाली प्रदेश सरकार मार्फत आएका योजनाहरु उपभोत्ताहरुले कमजोर र गुणस्थरहिन वस्तुको प्रयोग गर्दा अनियमितता आएको हुनाले अवका योजनाहरुमा गाउँपालिकाले कडा अनुगमन गरेर मात्र रकम भुत्तानि दिनु पर्ने स्थानियले माग गरेका छन । स्थानियहरुले उपभोत्ता मार्फत गरिने सवै कामहरु क्मजोर हुने भएकाले अव आउने योजनाहरुको अनुगमनमा कडाई गर्न स्थानियले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *