कांग्रेस नेता शाहीले बाँडे बिद्यार्थी र मजदुरलाई राहत ।

  नेपाली कांग्रेसका युवा नेता टेकराज शाहीले काठ्माण्डौमा समस्यामा परेका बिद्यार्थी र मदजुरलाई राहत बितरण गरेका छन् । नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य तथा २०७४ सालको प्रदेशसभा निर्बाचनमा कालिकोट प्रदेश सभा क बाट उम्मेद्वार समेत रहेका शाहीले जिल्लाबाट राजधानीमा गएका बिद्यार्थी तथा मजदुरहरुलाई राहत बितरण गरेका हुन् ।

जिल्लाबाट अध्ययनको शिलशिला र रोजगारीको शिलशिलामा राजधानी गएका तथा हाल लकडाउनका कारण समस्यामा रहेका ७५ जना बिद्यार्थी तथा मजदुरहरुलाई राहत बितरण गरिएको कांग्रेस युवा नेता शाहीले बताए । उनका अनुसार राजधानीका बिभिन्न ठाँउमा गरी ७५ जना बिद्यार्थी तथा मजदुरहरुलाई प्रति व्यक्ति एक बोरा चामल, एक लिटर तेल, एक किलो दाल, एक किलो नुन, एक किलो चिउरा राहत बितरण गरिएको छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि सरकारले लगातार लकडाउन गरिरहेको छ । मुलुकका बिभिन्न सहरमा कामगरी खाने मजदुर तथा बिद्यार्थीहरुलाई समस्या पर्ने थालेको छ ।

      युवा नेता शाहीले भने, मानविय धर्म र सामाजिक सेवाको भावना अनुसार आफ्ना गृह जिल्लाका दाजुभाईहरु समस्यामा परेका खवर पाएपछि आफुले सकेजति सहयोग गरेको छु । बिश्वभरी कोरोना भाईरसको महामारी बढ्दै गएको छ । यसबाट हाम्रो मुलुक पनि अछेत्तो छैन् । यति बेला समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्नु हामी सबैको कर्तव्य हो । उनले अझै पनि अरु समस्यामा परेका नागरिकहरु आफ्नो सम्पर्कमा आए सहयोग गर्ने बताए । उनले सरकारले लकडाउन मात्र थप्ने नागरिकको समस्या नबुझ्ने गरेको बताउदै लकडाउनसँगै नागरिकलाई राहत प्याकेज ल्याउनुपर्ने औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *