पलातामा भारत वाट उद्धार गरी ल्याइएकालाई क्वारेन्टाइनको ब्यवस्था ।।

नमराज न्यौपाने पलाता कालिकोट
विश्वभरी महामारीका रुप फैलिएको कोरोना भाइरस ९कोभिड १९० को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप पलाँता गाउँपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ । पलाँता गाउँपालिका वडा नम्बर ९ मा थिर्पुमा १०० वेडको क्वारेन्टाइन निर्माणमा ल्याएको छ । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतीकान्छाको निर्देशनमा कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि बेडको निर्माण गर्न लागेको स्वास्थ्यकर्मी जलसा बुढाले बताइन त्यस्तै भारत बाट उद्धार गरी पलाँता ल्याइएका व्यक्तिहरुको चेक जाँचकालागि पलाँता गाउँपालिकामा कार्यरत रहेको सम्पूर्ण स्वास्थ्यकर्मिहरुलाइ पि पि ई ड्रेस सेट समेत उपलब्ध भएको पलाँता गाउँपालिकाको क्वारेन्टाइन मा रहेका व्यक्तिहरुको जाँच गर्नकोलागि प्रत्येक हेल्थ डेस्कको ब्यबस्थामा जुटेको पलाँता गाउँपालिका स्वास्थ्य संयोजक हीमाल संज्यालले बताएका छन । भर्ना गरीएका प्रत्येक व्यक्तिहरु लगायत त्यहा डयुटीमा खटने कर्मचारीहरुलाइ खाना ,नास्ता समेतको व्यवस्था गरिएको गाउँ पालिका अध्यक्ष बमले बताउनु भयो । विश्वभरि महामारी फैलाएको कोरोना भाइरसको संक्रमण रोकथामका गर्न देश विदेशबाट पलाँता गापाको ९ नंम्बरमा भारत बाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि आज पलाँता गाउँपालिका मा क्वारेन्टाइन स्थल र एक सैयाको बेड निर्माण कार्य वडा कार्यालय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सबैको प्रयासमा सम्पन्न गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्। एसका लक्षण विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्। ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुने यसबाट जोगिन सकिन्छ यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छ । नियमित रूपमा हात सफा गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने, कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बसे कोरोना बाट बन्चित हुने हुनाले नियमको पालना गर्न अध्यक्ष बमले अनुरोध गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *