अध्यक्ष परिवार ले निशुल्क ब्यबस्थापन सहित निजि घरलाई बनाए क्‍वारेन्टाइन ।।

  पलाता गाउँपालीका अध्यक्ष लक्ष्मण बमले आप्mनो ४ तले घरलाई एक सय वेडको क्‍वारेन्टाइनबनाउनुभएको छ । रोजगारीको सिलसिलमा भारत गएका संयौ नेपाली रहेका छन । विश्व भरी फैलिएका कोरोना भाइरसले गर्दा भारतमा हजारौ नेपाली अलपत्र परेका छन । केहि नेपाली भारत वाट हिडेरै नेपाल आएका छन त केहि नागरीक नेपाल र भारतको सिमानामा पलपत्र परेका छन । नेपाल सरकाले भारतमा रहेका नागरिकलाई स्वदेश ल्याउने प्रक्रिया गरीरहेको छ । कालिकोट का पनि संयौ नागरीक भारतमा अलपत्र परेका छन । जिल्लाको पालात गाउँपालीका अध्यक्ष लक्ष्मण बमले आप्नो ४ तले पक्कि घर पलाँताका नागरिकलाई १ सय वेडको क्वारेनटाईनका लागि सहयोग गर्नु भएको छ । अध्यक्ष बमको चार तले घर हिमचुलि माईक्रोफाइनान्स र पुर्ण सहकारीको १ करोडको रिणमाबाट निर्माणधिन भबन ३ तलाको रहेको छ ।

    क्‍वारेन्टाइनमा बस्नेहरुका लागि चाहिने साबुन,मास्क,सेनिटाइजर ,कपडाका साथै खानाको सवै ब्यवस्था आफुनै गर्ने अध्यक्ष बमले वताउनु भयो ।चार तलाको पक्कि भबन हिमचुलि, माईक्रो फाईनान्स र पुर्ण सहकारिको एक करोड को रिणबाट निर्माणाधीन भबन तीन तला तयार भएको छ । तीन तलामा ४ हल र १६ कोठा रहेको घर परिवार र सामान साथै हष्पिटलका सामान राखेको भएपनि सामान सबै गोदाममा जम्मा गरेर खालि गराईएको छ भने परिवारका सबै सदस्यलाई सुर्खेत झारेर खालि गराई भारतबाट आउने नागरिकलाई सुरक्षित र ब्यबस्थितका लागि निसुल्क घर उपल्बध गराउन लागेको अध्यक्ष बमले जानकारी दिनुभयो ।हष्पिटलका संचालक लाल ब रोकाया र गौरिकला बम शाहिले निर्माणाधीन भवन सेवाकै लागि प्रयोग गर्न पलाँता सरकारलाई सबै तयारि गरेर दिन लागेको वताउनु भयो । यसमा गाउँपालीका को कुनै लगानि नहरको प्रष्ट पार्नुभयो । कोरोना भाइरस कोभिड १९ यो परिस्थिति साम्य नहुदा सम्म उपलब्ध गराउने वचन दिनुभएको छ । आज यस माहामारिबाट जोगिन असल शासन , असल छिमेकि, असल मित्र , असल नेतृत्व र असल आफन्त को खाचो परेको छ । विश्वमा लाखौले ज्यान गुमाई सकेका छन भने करोडौंले भाईरससँग लडिरहेका बेला आफुले यस्तो गर्न लागेको बताउनु भयो । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ए एन बि हष्पिटलका लागि निर्माणाधीन चार तले पक्कि भबन शुक्रबार ए एन बि हपिटल परिवारलाई निर्देशन दिदै क्वारेन्टाइन का लागि सामान खालि गराएर बेट बनाउने कामले तीव्रता लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *