शिक्षक शाहिले बाडे दुईलाखको राहत ।

कालिकोट जिल्लाको महावै गाउँपालिका १ निवासि शिक्षक टोपबहादुर शाहिले, दुईलाख बरावरको राहत व्यक्तिगत रूपमा वितरण गरेका छन । लकडाउन अर्थात बन्दाबन्दिको मारमा परेका महावै गाउँपालिका वडा नं १ का अतिविपन्न र असाहाय एक सय ज्ञढ घरधुरिलाई चामल,तेल लगायतका खाद्यान्न वस्तु वितरण गरेको जनाईएको छ । एकीकृत अखिल नेपाल र शिक्षक संगठनका कर्णाली प्रदेश सचिवालय सदश्य समेत रहेका समाजसेवि शाहिले, लकडाउनको समस्यामा परेर भोक भोकै मर्ने अवस्था कसैलाइ आउन नदिन गाउँपालिका, संघसंस्था हरूपनि लागिपरि रहने बताए । आफुसंग धेरै भएर नभई, सहयोगि भावना जागेर विदेशमा रहेका आफ्ना आफन्त, र आफ्नो सहयोगमा राहतको व्यवस्था गरेको बताए । बन्दाबन्दिको समस्यामा परि भोक भोकै रहेका महावै १ का गरिब तथा विपन्न समुदायको चुलोमा शाहीले आगो बालेको भन्दै , स्थानियले खुशि हुँदै धन्यवाद दिएका छन । वैकको खातामा पैसा भएपनि खाद्यान्न वस्तु किन्न नसकिने अवस्थाका नागरिहरूमा घरमै चामल, तेल जस्ता वस्तु निशुल्क पुराईदिदा राहत लिने स्थानियले शाहिलाई धन्यवाद दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *