प्रमुख जिल्ला अधिकारी मार्फत ने वि संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र ।।

नेपाल बिद्यार्थी संघ कालिकोटले भारतले नेपाली भुमी मिचेको बिषयमा खबरदारी गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेपाल बिदार्थी संघ कालिकोटका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टको नेतृत्वमा गएको एक टोलीले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो । नेपाली भुमी फिर्ता गर्न सरकारले ठोस पहल चाल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यनाकर्षण गराउदै मुलुकको रक्षाका लागि सरकार संवेदनशील हुन आग्रह गरेको छ । नेपाल बिद्यार्थी संघले ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले आफ्नो भुमी मिचिदा नेपाल सरकार कानमा तेल हालेर बसेको बताए । उनले भने, यो सरकार बिगतमा निकै राष्टबादी भनेर चिनिएका नेताको नेतृत्वमा भएपनि अहिले भारतसामु लम्पसार परेको छ । यस बिषयमा नेपाली कांग्रेस कालिकोट गम्भीर आप्पती जनाउछ । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउदै नेबिसंघका कार्यबाहक अध्यक्ष जगतजंग बिष्टले निर्वाचनको वेला राष्ट्रियताका ठुला र खोक्रो नारा लगाउने अहिले आएर आप्नो सत्ता जोगाउन भारत सामु लम्पसार पर्ने यो सरकारको प्रवृतिको घोर भत्सना गरे । सरकारको यहि प्रवृतिका कारण भारतले सजिलै हाम्रो भुमि अतिक्रमण गरेको उनको आरोप छ । उनले भने, लिपुलेख हाम्रो हो । भारत तुरुन्त त्यहाँवाट फिर्ता हुनु पर्दछ । सरकारले उच्च कुटनितिक पहल गर्ने तथा सवै खाले दवाब सिर्जना गरी तुरुन्त भारतलाई गल्ति सञ्चाउन बाध्य बनाओस् । प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले आफ्नो बिद्यार्थीले दिएको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रीय सदस्य शुशीला गिरी, सचिव सविन बिष्ट, तरुण दल कालिकोटका उपाध्यक्ष चन्द्रजंग मल्ल लगायतका युवा तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । यस्तै जिल्लाको तिलागुफा नगरपालिकामा नेबिसंघ र अनेरास्वब्यूले सयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले नेपाली भुमी फिर्ता गर्न माग गर्दै भारतियले सिमाना छोड्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *