पार्टिवाट निलम्वन भएको केहि समयै नेताद्धय प्रहरीको हत्कडिमा ।

नमराज न्यौपाने

    कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम र उनकी पत्नी लाई आक्रमणको घटनामा संलग्न रहेका नेकपाका पलाँताका नेता पार्टीबाट निलम्वन भएको दिन नबित्दै प्रहरिको हत्कडिभित्र कालिकोट जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । केहीदिन अघि जिल्ला प्रहरी कार्यालयमा अध्यक्ष बमका दाई लंक बहादुर बमले प्रहरीमा उजुरी दिए पनि कालिकोट जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले नेकपाका केहि नेताको दाबावमा मुद्धा दर्ता गर्न मानेका थिएनन् । ‘प्रहरीले सबै प्रक्रिया पुर्याएर काम गर्ने भएकोले केहि समय लागेको हो, मुद्धा दर्ता हुने वित्तिकै हामीले उनिहरुलाई नियन्त्रणमा लिईसकेका छौँ । कालिकोट जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले भने, अब हामी अनुसन्धानमा अगाडि बढ्छौँ, अध्यक्ष बम माथि आक्रमण गरेका कारणले नेकपा कालिकोटले रोकाया, र भण्डारीलाई पार्टीबाट निलम्बन गरिसकेको र नियन्त्रणमा जिल्ला प्रहरी कार्यलयमा लगिएको बताए ।

घटना छानविनको लागि नेकपा पार्टीको तर्फबाट कालिकोटका तिन सदस्यीय छानवीन कमिटी गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र जिल्ला पार्टीमा प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिने नेकपा कालिकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *