पार्टिवाट निलम्बित भएको केहि समयमै दुबै नेता प्रहरी खोरमा ,ज्यानमार्ने तरीकाले आक्रमण ।

       कालिकोट जिल्ला पताला गाउपालीका का अध्यक्ष लक्ष्मण बहादुर बम र उनकि पत्नि गोरीकला बम लाई सुनियोजित तरीकाले आक्रमण गर्ने नेपाल कम्युनिष्ट पार्टि नेकपा पताला गाउपालीका का अध्यक्ष इन्द्र रोकाया र सोही गाउपालीका वडा नंः १ का वडा अध्यक्ष तथा गाउपालीका प्रबत्ता मान वहादुर भण्डारीलाई मुद्धा दर्ता पछि जिल्ला प्रहरी कार्यालय कालिकोटले सोध पुछ तथा घटानको अनुसन्धाको लागि नियन्त्रणमा लिएको छ । सडक निर्माणका विषयमा छलफल गर्दा विवाद गर्ने नेकपा गाउपालीका अध्यक्ष र वडा अध्यक्षले गाउँपालीका अध्यक्ष र उनकि पत्नि लाई ढुङ्गा प्रहार गरी घाईते बनाएपछि नेकपा कालिकोटले दुवै जनालाई पार्टिवाट निलम्ब्न गरेको छ ।

    नेकपा कालिकोटले घटनाको छानविन नहुदा सम्म दुवै जना नेतालाई निलम्बन गरेको जनाएको छ । पचालझरना गाउँपालीका अध्यक्ष खडकराज सेजुवालको संयोजत्वमा तिन सदसिय छानविन समिति बनाएको छ। छानविन समितिले प्रतिवेदन बनुझाउदा सम्म नेता रोकाया र वडा अध्यक्ष भण्डारीलाई पाटीले निलम्बन गरेको छ । उनिहरुले आफुहरुलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको पिडित पक्षको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *