पीडितको उजुरी नलिए पछि पलाँता प्रहरी चौकी घेराउ ,पीडितले तत्काल न्याय पाउन माग ।

जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम, उनकी श्रीमती गोरिकला बम र भतिजा गजेन्द्र बममाथि आक्रमण गर्नेहरुको विरुद्ध दिएको उजुरी नलिएपछि फेरी नाराबाजी सुरु भएको छ।मंगलबार स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय कालिकोटले पीडितको तर्फबाट उजुर लिन नमानेपछि स्थानीय आन्दोलित बनेका हुन्।आन्दोलनमा उत्रेका स्थानीयहरुले अध्यक्ष बमको टिममाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न र उनीहरुका विरुद्धमा दिएको जाहेरी लिन प्रहरी समक्ष माग गरेका छन्।पलाँता प्रहरी चौकी घेराउ गर्दै न्याय नपाए यसको जिम्मेवार प्रशासन नै हुनु पर्ने वताएका छन । गाउपालीका का अध्यक्ष जस्तोको उजुरी लिन प्रशासन नमानेपछि सर्वसाधारण मान्छेले त न्याय पाउने आशा नै मारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *