निर्दोष महिला को टाउको मा गम्भिर चोट, मुद्दा दर्तामा प्रसासनको आनाकानि ।।

नमराज न्यौपाने
पलाता कालिकोट


कालीकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बम माथि आक्रमण भएको छ । वन्दावन्दी खुकुलो भएसंगै वडा नं २ को लार्फमा स्र्काभेटर सहित सडक खन्न पुग्नु भएका गाउँपालिका अध्यक्ष माथि नेकपाका गाउँ कमिटिका अध्यक्ष बिस्णुु रोकाया र वडा नं १ का वडा अध्यक्ष मानवहादुर भण्डारी को योजनामा अध्यक्ष माथि आक्रमण भएको र उहाँलाई बन्दक वनाईए संगै वडा नं २,३ र ४ को वाटो खन्न गाउँपािलकाले सुरु गर्न थालेपछि डोजर लगाएर वाटो खुन्न नपाईने भन्दै अध्यक्ष माथि आक्रमण भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामवावु ओलियाले गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर बम र उहाँको श्रीमती लगाएका केही घाईते भएको वताउनु भयो । उहाँहरुको उपचार लार्फमा रहेको स्वास्थ्य चौकीमा भए संगै त्यहा सम्बभ नभए पछी हेलिकप्टरको माध्यम बाट रीफर गरीएको स्वास्थ्य इन्चार्ज नमराज संज्यालले जानकारी दीय संगै अध्यक्ष बमकी श्रीमती गोरीकला बम वढि घाईते हुनु भएको छ । अरुलाई सामान्य चोटपटक लागेको भएपनि अध्यक्ष पत्नीको चोट वढि रहेको वताउनुभयो । थिर्पुवाट प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । दुवै पक्षका नागरिकहरुको भिड भएकाले थप झडव हुन सक्ने अवस्था रहेकाले जिल्लावाट प्रहरी निरिक्षक इन्द्रवहादुर मल्लको नेतृत्वमा एक टोली र शसस्त्र प्रहरी इन्सेपेक्टरको नेतृत्वमा अर्को टोली गरेर दुई टोली पलाँता आएका थिय । गाउँपालिका अध्यक्ष बम र नेकपा पलाँताका अध्यक्ष र वडा नं १ का अध्यक्ष लगाएतको बिचको द्धन्द्ध पुरानो रहेको थियो । तर द्धन्द्ध भएपनि झडपमा उत्रिनु दुखद भएको सबैले वताएका छन । एकै पार्टीमा आवद्ध नेताहरुले दुस्मन संग भिडे जस्तै भिड्नु गलत भएको सबैले प्रतिक्रिया दिएका छन । गाउँपालिका अध्यक्ष साविकको नेकपा माओबादीवाट टिकट लिएर अध्यक्ष जित्नु भएको हो भने रोकाया र भण्डारी पनि नेकपा माओबादीकै पुर्व कार्यकर्ता हुन । नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले पार्टी अध्यक्ष बिस्नु रोकाया र वडा नं १ का अध्यक्ष मानवहादुर भण्डारी दुवै जनाको फोन समेत अफ रहेको वताउनुभयो । वडा नं २ का अध्यक्ष बिद्धी बिकका अनुसार मानवहादुर भण्डारीले एक्कासी आएर गाउँपालिका अध्यक्ष माथि ढुङगा प्रहार गरी घाईते वनाएपछि आफु लगाएत गाउँपालिका अध्यक्ष असुरक्षित रहेको र घटना लगतै पलाँता पुग्नु भएका पचालझरना गाउपाािलका अध्यक्ष खड्कराज सेजुवालले पुरानो पार्टीको आन्तरिक बिवादकै कारणले गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष तथा पार्टी नेतृत्व विच बिवाद भएको वताउनुभयो । गाउँ पालिकामा भएको पार्टी र सत्ता बिचको झगडा उजुरी दिन गएका गाउँ पालिका अध्यक्ष बमले निर्दोष मैलाको टाउको फुडदा पनि प्रशासनको मुद्धा दर्तामा आनाकानि तथा मुद्धा लिन नमानेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले बताउनु भयो ।एसै बिषयमा पचालझर्ना अध्यक्ष खडक सेजुवालले फेसबुक मार्फत घाईते महिलाको न्याय दिलाउन एउटै बिकल्प कानुनि उपचार नै हो मैले प्रत्यक्ष बुझेअनुसार आफु यस्को  लागि पर्ने प्रतिबद्धता गर्नु भयको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *