दोषिलाई तत्काल कार्यवाहि गर्न पलाता गाउँ पालिकामा रहेका विभिन्न शाखा द्धारा प्रेश बिज्ञाप्ति ।

जिल्लाको पलाँता गाँउपालिकाका पार्टी अध्यक्ष रोकाया र वडा अध्यक्ष भण्डारीले आकर्मण गर्दा गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी पत्नी गोरीकला बम घाईते भएका छन् । पलाँता गाँउपालिका वडा नं २ राडुनेटाबाट खिन छलाँहा जाने सडक निर्माणका लागि गाँउपालिका अध्यक्ष बम डोजर लिएर राडुनेटा गएका थिए । त्यसै सडक निर्माणको बिषयमा बिबाद भएपछि उनीहरुबीच कुटाकुट भएको थियो । इलाका प्रहरी चौकी थिर्पुका अनुसार पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको गाँउपालिका अध्यक्षले एक तिरबाट पार्टी अध्यक्ष र वडा अध्यक्षले एक तिरबाट लिनुपर्छ भन्ने बिषयमा बिबाद सुरु भएको थियो । त्यसै बिबादका बीच वडा अध्यक्ष भण्डारीले गाँउपालिका अध्यक्ष बम माथि ढुंगा प्राहर गरे । बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेका हुन् । वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परि गाउँपालिका अध्यक्ष बम, उनी श्रीमति र भतिजा घाइते भएका छन् । घाइतेको स्वास्थ्य चौकी राडुनेटामा उपचार भईरहेको छ । घाईते हुनेहरुमा गाँउपालिका अध्यक्ष पत्नीको चोट वढि रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले वताए । यसै बिषयलाई लियर पलाता गाउँ पालिकामा रहेका विभिन्न शाखाले प्रेश बिज्ञाप्ति निकालेका छन ।

                          फोटो फिचर नमराज न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *