पलाता गाउँपालिका अध्यक्ष बम माथि आक्रमण, स्थिति तनावग्रस्त ।।

जिल्लाको पलाँता गाँउपालिकामा नेकपा पार्टी अध्यक्ष, वडा अध्यक्ष र गाँउपालिका अध्यक्षबीच कुटाकुट भएको छ । नेकपा पलाँता गाँउपालिका अध्यक्ष बिष्णु रोकाया, गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाँउपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारीबीच कुटाकुट भएको हो ।
पार्टी अध्यक्ष रोकाया र वडा अध्यक्ष भण्डारीले आकर्मण गर्दा गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी पत्नी गोरीकला बम घाईते भएका छन् । पलाँता गाँउपालिका वडा नं २ राडुनेटाबाट खिन छलाँहा जाने सडक निर्माणका लागि गाँउपालिका अध्यक्ष बम डोजर लिएर राडुनेटा गएका थिए । त्यसै सडक निर्माणको बिषयमा बिबाद भएपछि उनीहरुबीच कुटाकुट भएको थियो ।
इलाका प्रहरी चौकी थिर्पुका अनुसार पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको गाँउपालिका अध्यक्षले एक तिरबाट पार्टी अध्यक्ष र वडा अध्यक्षले एक तिरबाट लिनुपर्छ भन्ने बिषयमा बिबाद सुरु भएको थियो । त्यसै बिबादका बीच वडा अध्यक्ष भण्डारीले गाँउपालिका अध्यक्ष बम माथि ढुंगा प्राहर गरे । त्यसपछि दुवै पक्षबीच कुटाकुट भएको हो । बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेका हुन् । वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परि गाउँपालिका अध्यक्ष बम, उनी श्रीमति र भतिजा घाइते भएका छन् । घाइतेको स्वास्थ्य चौकी राडुनेटामा उपचार भईरहेको छ । घाईते हुनेहरुमा गाँउपालिका अध्यक्ष पत्नीको चोट वढि रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले वताए । उनले भने, दुवै पक्षका नागरिकहरुको भिड भएकाले थप झडव हुन सक्ने अवस्था रहेकाले इलाका प्रहरी चौकी थिर्पुको टोली र जिल्लावाट नेपाल प्रहरी र सशष्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा दुई वटा टोली पलाँता पठाईएको छ ।

पलाँता गाँउपालिकामा कुटाकुट गर्ने गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा अध्यक्ष मानबहादुर भण्डारी पनि नेकपाबाटै उम्म्द्वार भएर निर्बाचित भएका हुन् । गाँउपालिकाको सुरुवातका केन्द्र बिबादबाट सुरु भएको बिबाद अहिलेसम्म पनि जारी छ ।  एकै पार्टीमा आवद्ध नेताहरुले दुस्मन संग भिडे जस्तै भिड्नु गलत भएको सबैले प्रतिक्रिया दिएका छन । गाउँपालिका अध्यक्ष साविकको नेकपा माओबादीवाट टिकट लिएर अध्यक्ष जित्नु भएको हो ।   रोकाया र भण्डारी पनि नेकपा माओबादीकै पुर्व कार्यकर्ता हुन । नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले पार्टी अध्यक्ष बिस्नु रोकाया र वडा नं १ का अध्यक्ष मानवहादुर भण्डारी वासीन्दा दुवै जनाको फोन समेत अफ रहेको वताउनुभयो । वडा नं २ का अध्यक्ष बिरे बिकका अनुसार मानवहादुर भण्डारीले एक्कासी आएर गाउँपालिका अध्यक्ष माथि ढुङगा प्रहार गरी घाईते वनाएपछि आफु लगाएत गाउँपालिका अध्यक्ष असुरक्षित रहेको वताउनुभयो । घटना लगतै पलााता पुग्नु भएका पचालझरना गाउपाािलका अध्यक्ष खड्कराज सेजुवालले पुरानो पार्टीको आन्तरिक बिवादकै कारणले गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष तथा पार्टी नेतृत्व विच बिवाद भएको वताउनुभयो । उहाँले अर्का पक्षका वडा अध्यक्ष भन्डारी र रोकाया लगाएतका ब्यक्ती पनि घाइते भएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *