जिल्लाका एचआइभी संक्रमित र एकल महिलालार्ई खाद्यान्न तथा पोषण सामग्री वितरण ।।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) को व्यवस्थापनमा कर्णाली प्लस कालिकोटले जिल्लाका १२ बर्ष मुनीका एचआइभी संक्रमित बालबालिका , ४५ वर्ष मुनिका बयस्क र एकल महिला गरी ९ जनालार्ई खाद्यान्न तथा पोषण सामग्री वितरण गरिएको छ । प्रतिव्यक्ति दश केजी चामल, एक केजी गेडागुडी, एक केजी गहुँको पिठो, एक केजी चिनी, एक केजी दाल, एक लिटर तेल, दश वटा अन्डा र एक केजी फलफुल वितरण गरिएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस को जोखिमलाई ध्यानमा राख्दै एचआइभि संक्रमित र एकल महिलाई केहि सहज होस् भन्ने उद्देश्यले खाद्यान्न तथा पोषणा सामागी्र वितरण गरीएको हो । साथै यो समयमा एचआइभि संक्रमित र एकल महिला लाई कुनै किसिमको समस्या भएमा तत्काल आफुहरुलाई खवर गर्न टिमलिडर सुमन शाहिले आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *