उपचार मा जानु अघि बमले भाबुक हुदै भने “म चाँडै फर्कि आउने छु “।

कालिकोट जिल्लाको पलात गाउपालीका का अध्यक्ष लक्ष्मण बहादुर बमले जनताको मायालाई कसैले पनि अपराधिक गतिविधि गरेर कमजोर नहुने बताएका छन । आप्नो तर्फवाट कुनै किसिमको कमजोर नहुने भन्दै जनताको मायाले निथुरुकै भिजेका बमले भाबुक हुदै स्थानियबासिलाई चिन्ता नगर्न आग्रह गरेका छन । उपचारमा जानु अघि सामाजिक संजाल फेसबुकमा अध्यक्ष बमले आफुमाथि आक्रमण गर्नेलाई कानुनि दायरामा ल्याउन माग समेत गरेका छन । शनिवार बमलाई वडा अध्यक्ष र आप्नै पार्टिका गाउपालीका का अध्यक्षले आक्रमण गरेका हुन   । वडा नं २ को ग्रामिण सडक योजनको उपभोक्ता समिित गठन गर्ने क्रममा वडा अध्यक्ष मान बहादुर भण्डारी र पार्टिका अध्यक्ष विष्णु रोकायाको नेतृत्वले बम माथि भौतिक आक्रमण गरेको थियो  ।
कुटपिटमा बमकी श्रीमति र भतिजा पनि घाइते भएका छन ।अध्यक्ष बम सहित घाइतेको उपचार लागि आइतवार हेलिकप्टरबाट उद्दार गरी सुर्खेत लगिएको छ । उनको अहिले सुर्खेतको कालगाउमा उपचार भइरहेको छ । बमले आफु सुरक्षित सुर्खेत पुगेको बताएका छन । “उनले म कालागाउ अस्पताल सुर्खेतमा पुगिसकेको छु शुभचिन्तक र पलाता वासि जनसमुदायलाई म प्रति गरेको मायाको ऋणि छु , अर्को जुनिसम्म र मेरो साखा सन्तानबाट पनि यो ऋण तिर्ने प्रतिबद्धता जाहेर गर्दछु” भनि बमले फेसबुममा लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *