सेनिटाइजर माक्स र पिपिइ सेट हस्तान्तरण ।

नमराज न्यौपाने पलाता कालिकोट
कालिकोट जिल्लाको पलाता गाउ पालिका स्थित स्वास्थ चौकी बेर्सैनकोट लाई सोसेक नेपाल दैलेखको आर्थिक सयोग पलाता गाउँ पालिकाको सम्वन्य र पलाता युवा सन्जालको सहजीकरण मा ५ वटा सेनिटाइजर र २ सय बढि माक्स खरिद गरि हस्तान्तरण गरेको हो । पलाता गाउँ पालिका भित्र रहेका स्वास्थ्य चौकी, बिकास निर्माण दल, प्राथमिक केन्द्र, सञ्चारकर्मि तथा सुरक्षकर्मीलाई आवश्यकता अनुसार माक्स र सेनिटाइजर हस्तान्रण गरेको हो । सोसेक नेपाल दैलेखले प्राथमिक स्वास्थ्य केन्द्र मार्फत सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि सेनिटाइजर स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ चौकीका ए।एन।एम सयरुपा बमलाई हस्तान्त्रण गरिएको सोसेक नेपालका सामाजिक परिचालक निल बिक्रम बमले जानकारी दिनुभयो । सोसेस नेपालले ५ वटा सेनिटाइज आवश्यकता अनुसार तत्काल प्रयोग गर्न सक्ने गरि गाउँ पालिकाको स्वास्थ्य शाखामा पनि पिपिइ सेट दुई र माक्स पचास र सेनिटाइज पाँच गरि ग्लोब्स २० जोडा बितरण गरेको साहेक निर्देशक दुर्गा गिरिले जानकारी दिनुभयो । विशेष गरि स्वास्थ्य कर्मीहरुमा कोरोना भाइरस कोभिड १९ को संक्रमण तथा जोखिम न्युनिकरणका लागि सुरक्षति सामाग्रीको रुपमा चिकित्सकले लगाउने पोसाक पिपिइ सेट २ थान मात्र आएकोले सबै स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन नसकिएको सोसेक नेपाल दैलेखले जनाएको छ । बजारमा पिपिई अभाव रहेको अवस्थामा समेत सोसेक नेपालले बाहिरबाट पिपिई खरिद गरि स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको हो । पलाता गाउँ पालिकामा विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा पुगि बितरण गरिएको छ । पलाता निर्माण दल समेत खटेका क्वारेन्टाइन थिर्पु स्थित अब्दल बमले हस्तान्तरण पछि खुसी महसुस गरेको बताय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *