कोरोना भाइरस वाट बच्ने सामाग्री वितरणमा तिव्रता दिदै पलाता ।

नमराज न्यौपाने
पलाता ,कालिकोट

कालिकोट जिल्ला पलाता गाउँ पालिका वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १९९ घर धुरी लाई सावन वितरण गरीएको छ । प्रत्येक घरधुरीलाई साबुन ६ पिस, साबुनदानी १ ,लुगा धुने साबुन २ सुचना मुलक सामार्गी १ बितरण गरिएको छ । उत्त कार्यक्रम मा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा ,उपाध्यक्ष दाना न्यौपाने, वडा अध्यक्ष बर्ज बहादुर बम ,स्वास्थकर्मि, संचारकर्मी ,बिकास निर्माण दल लगाएतले सामाजिक दुरि कायम गरि सामान बितरण गरिएको रेडियो पलाता आवाजका प्राबिधिक नमराज न्यौपानेले जानकारी दिनुभयो । उहाका अनुसार पलाँता गाउँपालिकाले मिसन इस्टको सयोग र किर्डाक नेपालको सहजीकरणमा गाउँपालिकामा रहेका नागरिकलाई घरघरमा गएर सावुन वितरण गर्दै आइरहेको छ । कोरोना भाईरस कोभिड (१९) को संक्रमणबाट बच्नका लागि सरसफाईका सामाग्री गाउँपालिकाले वितरण गर्दै आएको छ । पलाँता गाउँपालिकाका नागरिकलाई सरसफाईमा कमी हुन नदिनका लागि गाउँपालिकाले सावुन वितरणलाई तिव्रता दिएको छ । कोरोना भाईरसबाट बच्नका लागि जनचेतना सन्देश सहित सावुन वितरणमा गाउँ पालिका ले तिव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *