बिभिन्न ठाउँमा अलपत्र परेका आप्ना नागरीकको उद्धार गर्दै रास्कोट नगरपालिका।।

लामो समयको वन्दावन्दीका कारणले देशका बिभिन्न ठाउँमा अलपत्र परेका कालीकोटको रास्कोट नगरपालिका भित्रका नागरिकको उद्धार गरिने भएको छ । नगरपालिकाले आज एक प्रेस नोट प्रकाशित गदै देशका बिभिन्न ठाउँमा रहेका नागरिकहरुले आफु वसेको स्थानका वारेमा जानकारी गराउन र नजिकका आफ्ना साथीहरुको पनि विवरण राखी खवर गर्न अनुरोध गरेको छ । नगरप्रमुख काशिचन्द्र वराल द्धारा हस्ताक्षरित प्रेस नोटमा जुन सुकै स्थानमा रहेका रास्कोटका नागरिकहरुले आफु लगाएत अरु कोही भएपनि सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।नगरप्रमुख वरालले देशका बिभिन्न स्थान र छिमेकी मुलुक भारतमा अलपत्र परेका नागरिकलाई पनि सम्पर्क गर्न बिज्ञाप्तीमा उल्लेख गरिएको वताउनुभयो । उहाँले भारतमा रहेका नागरिकहरुको पनि सकेजती उद्धार गर्ने वताउनुभयो । सरकारले पनि आवस्यक तयारी पुरा गरेर ल्याउन आन्तरिक सल्लाह दिएको हो भन्ने हाम्रो प्रश्नमा प्रमुख वरालले ल्याउन सकिनेलाई ल्याउने र भारतमा रहेका नागरिकहरुको वारेमा समस्याको पहिचान गरी उनिहरुलाई राहत दिलाउनका लागि सहयोग गर्ने वताउनुभयो ।
हामी जसिक्दो सहयोग गछौ, त्यसैका लागि विवरण संकलन गर्न सजिलोका लागि सुचना जारी गरेको वताउनुभयो । सुचनामा नगर उपप्रमुख मिम्सरा बम शाहीको मोवाईल नम्वर ९४८५७२६२६ कार्यापालिका सदस्य मन तिरुवाको ९८४८३००५०९ मा फोन गरी आफ्नो वारे जानकारी गराउन भनिएको छ । उहाँको नम्वरमा फोन गरेपछि तुरुन्तै मुलुकका बिभिन्न जिल्लामा रहेका नागरिकलाई घर फर्काउने काम सुरु गर्ने वताईएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *