फोनबाटै स्वास्थ्य सेवा सुरु ।

 जिल्लाको रास्कोट नगरपालिकाले फोनबाटै स्वास्थ्य सेवा दिन सुरु गरेको छ । विश्वभरी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि बढाएपछि घरमै रहेका नागरिकलाई लक्षित गरि नगरले फोनबाटै सेवा दिने व्यवस्था मिलाएको हो ।विश्वभर फैलिएको कोरोना भाइरस९कोभिड १९०को महामारीका कारण विशेष अवस्थामा बाहेक अस्पताल नआउन भनिएको छ । दुर्घटना, ब्लिडिङ, गर्भवती महिला लगायत अत्यावश्यीय सेवामा मात्रै अस्पताल जान भनिएको छ । जटिल परिस्थितिमा सानातिना समस्याबाट नागरिकलाई आत्तिन नदिन फोनमार्फत परामर्श सेवा दिन थालिएको रास्कोट सामुदायिक अस्पतालमा कार्यरत डाक्टर भोजराज बमले जानकारी दिए । ‘ठूलो समस्या नहुँदासम्म घरमै उपचार गर्न सकिन्छ’( उनले भने( ‘ थप समस्या परेपछि मात्रै अस्पताल पुग्नेपर्ने हुनसक्छ ।’

अस्पतालले फोन सेवाका लागि चिकित्सकहरुको फोन नम्बर समेत उपलब्ध गराएको छ। स्वास्थ्य परामर्शका लागि रास्कोट सामुदायिक अस्पतालका निर्देशक डाक्टर मुकुल ढकाल९९८४११७६०८१०, डाक्टर भोजराज बम ९९८४१४१८८४४०, अस्पतालका व्यवस्थापक सुजु शाही९९८४०१५४३९४०, अस्पताल ९९७४१४७२५७२०, स्वास्थ्य शाखामा सिअहेब हंसराज बराल९९८४८३०१२६९०, हेअ हेमराज न्यौपाने९९८४९७२२१२७० लाई सम्पर्क गर्न सकिने डाक्टर बमले जानकारी दिए । लकडाउनको समयमा स्थानीय नागरिकलाई फोनमार्फत आधारभुत स्वास्थ्य परामर्श दिन आफुहरु जुटेको डाक्टर बमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *