लकडाउनको प्रभाव बुझ्‍न गाउँपालिका अध्यक्ष शाही जनताको घरदैलोमा ।।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही लकडाउनबाट प्रभावित स्थानीयको अवस्था बुझ्न जनताको घरदैलोमा पुगेका छन् । लकडाउनका कारण जनजीवनमा परेको प्रभाव मुल्यांकन गर्न अध्यक्ष शाही स्थानीय बस्तीमा पुगेका हुन् ।अध्यक्ष शाही आइतबार गाउँपालिकाको वडा नं ७, ८ र ९ अन्तर्गत पर्ने साबिकको मुम्रा गाविसमा पुगी जनताको चासो, गुनासो र लकडाउनको अवस्था प्रत्यक्ष अवलोकन गरेका थिए । स्थानीय जनतासँग भेटघाटका क्रममा उनले कोरोना भाइरसका बारेमा अनावश्यक त्रसित नहुन तर उच्च सतर्कता अपनाउन अध्यक्ष शाहीले आग्रह गरे । कोरोना भाइरससँगको लडाइँमा विश्वका शक्तिशाली र विकसित देशहरुले समेत सफलता हात पार्न नसकेको तथ्य स्मरण गराउँदै उनले सरकारका निर्णयलाई साथ दिन सबैलाई अपील गरे ।

लकडाउनको पालना गर्नु हरेक नागरिकको कर्तव्य भएको बताउँदै शाहीले राजनीतिक आस्था, सामाजिक(सांस्कृतिक मुल्य(मान्यता, भौगोलिक विविधताबाट माथी उठेर मानवताको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए । बजारमा दैनिक खाद्यान्न सामाग्रीको अभाव हुन नदिन आपूर्तिको व्यवस्थापन गर्ने तयारी भइरहेको शाहीले जानकारी दिए ।भेटघाटका क्रममा स्थानीय अगुवा, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता र स्थानीयबासीले लकडाउन र राहत वितरणका कामलाई थप व्यवस्थित र प्रभाकारी बनाउन सुझाव दिएका थिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागी सान्नी त्रिवेणी गाउँपालिकाले ५१ लाखको विपत कोष स्थापना गरेको छ । त्यसैगरी गाउँपालिकाले हालसम्म लकडाउनबाट प्रभावित विपन्न, अति गरीब, असाह्‍य र दैनिक ज्यालादारीमा काम गर्ने ७ सय परिवारलाई राहत वितरण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *