जोखिममै काम गर्न बाध्य विकटका स्वास्थ्यकर्मी ।।

 कालीकोट जिल्लाका स्वास्थ्यक्रर्मीहरु जोखिम मोलेर काम गरिरहेका छन् । जिल्लाका २८ स्वास्थ्य चौकी एक प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यक्रर्मि आवश्यक सुरक्षाका साधनकै अभावमा काममा खटिएको पाईएको छ ।स्वास्थ्य सेवा कार्यलय कालीकोटका सुचना अधिकारी कटकवहादुर महतले जिल्ला भरी ५० प्रतिसत सुरक्षाका सामाग्री वल्ल जुटाएर काम गरिरहेको वताउनुभयो । उहँँले हाल अपुर्ण पिपिई सेट ५८ वटा भए पनि यो संया अपुग भएको वताउनुभयो । उहाँले अझै ५० सेट पिपिईको आवस्यक्ता रहेको वताउनुभयो । पिपिई सेटमा गाउन, ग्लोप्स, वुट, एन ९५ मास्क, फेस सिल्ड, शुकभर हुने गर्दछन । तर हाल कालीकोटमा उपलब्ध पिपिईमा सबै सेट नभएको स्वास्थ्यक्रर्मीको भनाई छ ।दुई सय वटा मास्क, थर्मामिटर ४ वटा ग्लोप्स ५ वटा, लुज गलप्स एक हजार, ह्याण्ड सेनिटाईजर ३० वटा रहेका छन । जिल्लामा सर्जिकल ग्लोप्स एउटा पनि नभएपनि कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका ब्यवस्थापन डाक्टर भिष्मप्रसाद प्रोख्रेलले अव जिल्लाका सबै स्वास्थ्य चौकीमा रहेका स्वाथ्यक्रर्मिलाई आवस्यक पर्ने दश हजार सर्जिकल ग्लोप्सको आवस्यक्ता पर्ने वताउनुभयो । उहाँले ग्लोप्सका साथै दश हजार मास्क, ह्याण्ड सेनिटाईजर २ सय वोटल, थर्मामिटर १० वटा भएमा काम गर्न सजिलो हुने वताउनुभयो । जिल्लामा रास्कोट सामुदायिक अस्पताल पनि रहेको छ ।

रास्कोट अस्पतालका स्वास्थ्यक्रमी उच्च जोखिममा
रास्कोट सामुदायिक अस्पतालमा काम गर्ने स्वास्थ्यक्रर्मी भने निकै जोखिममा रहेको पाईएको छ । भरखर सुरुवात गरेको अस्पतालमा आय केही नभएको र सरकारी निकायवाट कुनै सहयोग नभएकाले कार्यरत स्वास्थ्यक्रर्मीलाई सुरक्षाका सामान दिन नसकेको हो ।अस्पताल सञ्चालन समितिका अध्यक्ष तुलाराज सिम्खडाले नागरिकवाट सहयोग जुटाएर अस्पताल सञ्चालन गर्न खोज्दा राजनितिक स्वार्थका कारणले स्थानीय देखि प्रदेश सरकारले सहयोग नगरेकाले स्वास्थ्यक्रर्मीलाई सुरक्षा प्रदान गर्न नसकिएको वताउनुभयो । भगवान भरोसामा काम गरिरहेका छन । सहयोग जुटिरहेकाले केही दिनमा सुरक्षाका सामान पठाउने वताउनुभयो ।

पलाँतामा भने सबै सुरक्षाका समान
जिल्लाको पलाँता गाउँपालिकाले भने आफै पिपिई खरिद गरि ल्याएर सबै स्वास्थ्य संस्थामा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले गाउँपालिका भित्रका सबै स्वास्थयक्रर्मीलाई सुरक्षाका सामाग्री प्रदान गरेको वताउनुभयो । हामीलाई स्वास्थ्य सुरक्षाका सामान चाहिदैनन, वरु औषधी केही भए संघिय सरकारले दिए हुन्छ अरु हामी सुरक्षित छौ अध्यक्ष बमले भन्नुभयो । गाउँपालिकाले आफ्ना स्वास्थ्यक्रर्मी संगै जिल्ला अस्पताललाई समेत १८ सेट पिपिई प्रदान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *