अलपत्र परेका नगरबासीको उद्दार गर्ने ।

जिल्लाको रास्कोट नगरपालिकाले लकडाउनका कारण विदेश र देशकै विभिन्न स्थानमा अलपत्र परेका नागरिकको उद्दार गर्ने भएको छ ।कालिकोटको रास्कोट नगरपालिका स्थायी घर भई अहिले विदेश र देशकै विभिन्न स्थानहरुमा अलपत्र परेकाहरुलाई उद्दारको व्यवस्थापन गर्ने निर्णय गरेको नगर प्रमुख काशीचन्द्र बरालले जानकारी दिएका छन् । शनिबार एक सूचना जारी गर्दै बरालले विदेशका विभिन्‍न देश र देशकै विभिन्न स्थानहरुमा अलपत्र परेकाहलाई सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर समेत दिएका छन् ।“लकडाउनका कारण रास्कोट नगरपालिका स्थायी घर भइ हाल देशका विभिन्न स्थान र विदेशमा अलपत्र परेका महानुभावहरुलाई उद्दारको व्यवस्थापन गर्न लागिरहेकोले जो महानुभावहरु अलपत्र र जोखिममा हुनुहुन्छ उहाँहरुले आफ्नो हाल बसोबास गरेको ठेगाना, आफूसँगै रहेका मानिसहरुको संख्या र सम्पर्क नम्बरसहित आफ्नो समस्यहरुले जानकारी गराउनु होला” जरी गरिएको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *