रोग रोक्दा भोक बढ्यो ।

                      नैन बहादुर रोकाया (नयन)                                                                           
विश्वमा फैलिएको कोरोना भाईरस कोभिड–१९ ले अहिले विश्व नै आतंकित पारेको सवैमा सर्वविधितै छ । जसले गर्दा विश्वमा १ लाख २० हजार भन्दा बढी मानीसहरुले ज्यान गुमाई सकेका छन भने लगभग २० लाख मानीहरुमा संक्रमण भएको छ र ५१ लाख भन्दा बढी मानीसहरुलाई सकुशल उपचार भएको विभिन्न सञ्चार माध्यम र सामाजिक संजालहरुमा समाचारहरु देखिन्छन् भने नेपालमा पनी संक्रमितको संख्याहरु दिनानुदिन बढ्दै छ ।यही संक्रमणकालीन समयलाई मध्यनजर गरी विश्वका धेरै जसो देशहरु अहिले लकडाउनमा छन् जस मध्ये हाम्रो देश नेपाल पनी लकडाउमा छ । सुरुमा चैत्र ११ गते देखी १८ गते सम्म भनीएको लकडाउन विस्तारै नेपालमा पनी कोरोनाको संक्रमितहरुको संख्यामा वृद्धि भए सँगै लकडाउनको समय पनी सरकारले थप्दै लिएको छ । यो हामी र हाम्रो स्वास्थ्यकालागि खुसी र सुरक्षाका साथै महामारी रोक्ने गतिलो उपायकै रुपमा लिनुपर्छ ।
रोग रोक्नकालागि गरिएको लकडाउनले रोग त अवश्य पनी रोक्छ र हामी सँग अर्को कुनै उपायपनी छैन् तर दुखको कुरा लकडाउनको समयावधी थपिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर खाने दाजुभाईहरुको चुलोमा भोक निम्त्तिने निश्चि भएको छ ।
विभिन्न उद्योगहरुमा, वा निर्माण कम्पनीहरुमा काम गरिरहेका दाजुभाईहरु लकडाउने न त घर फर्किन पाए न उनिहरुले पैसा कमाउन नै, के खालान विचरा परिवारहरु र भारतका गल्ली गल्लीमा काम गरेर केही पैसा घर पठाउदै छाक टार्नेहरुको अब के हालत होला ? यस्ता विभिन्न समयस्याहरुको जरो बन्ने छ लकडाउन । उसो त लकडाउन नगरी रोगबाट जनता बच्दैन लकडाउन गर्दा भोकले मर्ने भए भनेर भन्दा सरकारको विरोध जस्तो पनी होला, तर लकडाउनको विरोध कोही कसैले न गर्नेछन् न त कसैले गरेका नै छन् यो सर्हनिय काम हो भनेर बरु प्रशंसा नै गरेको देखिन्छ ।
बरु तिनै तहका सरकारहरुले विभिन्न किसिमका राहतहरुको व्यवस्था गरेको र विभिन्न ठाउँहरुमा राहत वितरण गरेका रंगिन फोटाहरु सामाजिक संजालमा नआएका हैनन् तर विडम्बना सरकारले राहत बाँडेर घर नपुगेकै उता बाँढेको राहत सकिहाल्छ, अब कस्ले पाल्छ बाँकी दिन ?
मैले काठमाडौंका श्रमिकहरुलाई राहत बाडेका विभिन्न सामाजिक संजाहरु मार्फत विभिन्न वडा कार्यालय घेराउ देखी पत्रकार सँगका चर्काचर्कीका भिडियोहरु हेरे उक्त भिडियोहरुमा देखाईएको छ एक परिवालाई १० केजी चालम थोरै दाल, नुन, तेल यस्तै यस्तै……… । के यो १० केजी चामलले ५ जना परिवार हुनेहरुकालागि लकडाउन अवधीभर खान पुग्ने रासन हो त रु के यही हो संसारका श्रमिकहरु एक हौं भनेर चुनाव ताका घन्काएका नाराहरुको सम्मान ?
विभिन्न शहरहरुमा केही व्यापारी साथीहरुले पनी राहत स्वारुप सहयोग गरेका समाचारहरु पनी देखियो । विचरा एक जना व्यापारीले एक घरलाई ३० केजी चालम सम्म दिने सकेछन भने हाम्रो सरकारले १० केजी दिन सकेछ खुसी हुने कि दुखी म त अच्चमितछु । के हाम्रो सरकार सँग अर्थकै अभाव होला त रु मलाई लाग्छ आउने अषाढ मसान्तमा फ्रिज जाने रकम मात्र राहतमा लगानी भयो भने जनतालाई ६ महिना खान पुग्छ होला । तर सरकार लकडाउनमा मात्रै कडाई गर्छ र नेपाल प्रहरीलाई भन्छ कडाइए गर अनी प्रहरीहरुले नी आँखा चिम्लेर औषधी लिन जाने सोझासाझालाई लाठी प्राहार गर्छ । विचरा मजदुर हामी कसरी बाँच्ने दोधारमा परिरेका बेला सरकारले गतीलो राहातको योजना ल्याउन नसक्नु म त सरकारको कमजोरी नै देख्छु र लकडाउनको समयावधी बढाउदै जादाँ श्रमिकहरुको पेटको बारेमा पनी सोच्न र प्रदेश र स्थानीय सरकारलाई राहातको नाममा विकृति नफैलाई जनप्रतिनिधीहरुले आफ्नो व्यक्तिगत प्रोफाइल बनाउनकालागि र खोक्रो लोकप्रियता कमाउनकालागि २० रुपैँयाको मास्क वितरण अनी १ प्याकेट नून तेल बाँडेर भ्रमित नगर्नको लागि विशेष निर्देशन सहितको सूचना सम्प्रेक्षण गर्न अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *