पलाँतामा १२ जनाको रीर्पोट नेगेटिभ ।

नमराज न्यौपाने पलाँता कालिकोट
पलाँता गाउँ पालिका वडा नं ९को सरस्वती मा.बि थिर्पुमा आर डि टि परीक्षणमा कसैलाई पनि कोरोना संक्रमण नभएको स्वास्थ्य शाखा पलाँता ले जनाएको छ । १२ जनाको आर डि टि जाँचमा कोरोना नभएको पुष्टी भएको छ । परीक्षणका क्रममा कोरोना परिक्षण गर्नको लागि कालिकोट जिल्लाबाट निमिक्त स्वास्थ्य सेवा ब्यबस्थापक डा.भिष्म प्रसाद पोख्रेल सिनियर अ हे व दिपक बहादुर रावल ल्याप टेक्निसियन चेतराज अधिकारि सहितको टोलिले कोरोना को परिक्षण गरेको छ ।उनीहरुमा कोरोना भाइरस नभएको पलाँता स्वास्थ्य प्रमुख हिमाल संञ्ज्यालले बताउनु भएको हो । बिश्व ब्यापीरुपमा फैलीएको कोरना भाईरस तथा कोभिड १९लाई नियन्त्रण गर्नको लागि पलाँता गाउँ पालिकाको विषेश पहल मा परीक्षण गरिएको छ।देश तथा बिदेश बाट आएका कुनै व्यक्तिमा कोरोनाको परीक्षणमा नेगेटिप देखिएको छ ।त्यसै गरि पलाँता सरकारले लकडाउनको घोषणा गरि रहदा पनि पलाँता बासिले भने लकडाउनको उर्लघन गरेको पाईएको छ । स्वास्थ्य कर्मि कर्मचारी लगायतले सञ्चार माध्याम बाट सुचना गरि रहदा पनि र खाध्यनको सामाग्री उपलब्द हुदाहुदै लकडाउनको बेला समुदायको लर्को लाग्ने काम अझै कम नभएको पाइएको छ । लकडाउनको अबधि भरि कोहि कसैले पनि आवत जावतमा गाउँ पालिकाले रोक लगाएको छ । अत्याबश्क काम बाहेक कसैले पनि बजार नजान पलाता गाउपालीका का अध्यक्ष बमले आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *