नरहरिनाथमा आर. डी. टि. विधिबाट स्वास्थ्य चेकजाँच , ३५ जनामा कोरोना नेगेटिभ ।

जिल्लाको नरहरीनाथ गाउपालीमा आज पहिलो चरणको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आर.डि.टी) विधिबाट परीक्षण गरीएको छ । नरहरिनाथ गाउँपालिकाको वडा नं ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँमा पनि यो विधिको आजबाट प्रारम्भ गरिएको छ । नरहरिनाथ गाउँपालिका भित्रका नागरिकहरु विभिन्न देशहरुबाट स्वदेश फर्किए पछि कोरोनाको आशंकामा ३४ जना पुरुष र १ जना महिलालाई आज आरडीटि विधिबाट उनिहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटबाट डा.प्रेम के.सी.को नेतृत्वमा आएको चिकित्सकहरुको टोलिले ३५ जनाको कोरोना रिपोर्ट नेगेटिभ र सामान्य रहेको डा. के.सी ले जानकारी दिनुभयो ।आज देखि पहिलो चरणमा भारत तथा अन्य देशबाट आएका सबै ब्यक्तिहरुलाई चेकजाँच गरिने र पहिलो चरण सकिए लगत्तै देशका विभिन्न ठाउँ बाट आएका सबैलाई र अन्य संक्रमितको आशंका भएमा उनिहरुलाई पनि चेकजाँच समेत गर्ने गरि आरडिटि जाँच सञ्चालनमा ल्याईएको र प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँँमा चेकजाँच सुरु भैइरहेको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले बताउनुभयो ।
गाउँपालिका भित्र बसोबास गर्ने अति विपन्न, अपांग तथा अति जोखिममा परेका नागरिकहरुका राहत समेत बितरण गरिएको र महामारीको रुप लिएको नोभेल कोरोनालाई नियन्त्रण तथा रोकथामका लागि घरमै बसी आफु बचौंं, अरुलाई बचाउन तथा समाजमा सचेतना जगाउदै स्थानीय बासिहरुमा यो संकटको घडीमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्न र यो विपत्तिको बेला रचनात्मक सुझाव दिन गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *