जन्म दिनको अबसरमा एक लाख बराबर को बिपनन् परिवार लाई सहयोग ।

सुमन कुमार बम पलाँता कालिकोट
जिल्लाको पलाँता गाउँ पालीकाकी युबा संन्जाल अध्यक्ष र जिल्ला युबा संञ्जालकि संयोजक जलशा बुढाले आफ्नो जन्म दिनको अबसरमा पलाँता गाउँ पालीका वडा १, २, ३ का जम्मा ७० वटा बिपन्न घर परिवार लाई राहात बितरण गरेकि छन । ७० घर परिवार लाई १५ , १५ केजि चामल २ , २ प्याकेट नुन र १ , १ प्याकेट तेल बितरण गरेकी हुन । बुधबार एक कार्यक्रमको आयोजना गरि राहात बितरण गरि आफ्नो जन्म दिन मनायकि छन पलाँता युबा संन्जालकी अध्यक्ष समेत रहेकि बुढाले सामाजिक क्षेत्रमा आफ्नो सेवा गर्ने र समाजमा महिला माथि गरिने बिभेद्को अन्त्य गर्दै महिला पनि समाज को जिम्मेबार नागरिक को पहिचान भएको बताएकी छन ।एक लाख बराबरको राहात सामान बितरण गरेर बिपनन् परिवार लाई सहयोग गरेकि छन । महिला भयर समाज का लागी केहि पनि गर्न सक्दैनन भन्ने र महिला माथि समाज को हेर्ने दृष्ठीकोण फरक रहेको र महिला समाज को जिम्मेवार नागरिक भएको बताउदै जिम्मेवारि पाय महिलाले समाज मा उदारणिय काम गर्ने र समाज लाई रुपान्तरण गर्न महिलाको पनि महत्वपुर्ण भुमिका रहेको बताउदै आफ्नो जन्म दिन मनाएकि हुन । आप्नो जन्म दिनमा विपन्न घर परिवारलाई सहयोग गर्न पाउदा आफु निकै खुसि भएको बताउदै फेरीका जन्म दिन पनि यसरी नै मनाउन पाउने आशा गरेको वताउनु भयो । बिपनन् परिवार का वडा न २ कि ६५ बर्षिय हिउँसिला बम ले छोरि भयर यस्तो काम गरेको मा आँखा बाट आँसु झारर्देै यस्तै काम गर्दै जानु नानि भन्दै धन्यबाद दियकि छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *