कोशेलि बोकी गाउँ गाउँमा पुगे अध्यक्ष बम ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई ए.एन.बि हस्पिटलले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहत वितरण गरेको छ । पलाँता गाउँ पालिकाको ७ र ८ मा ३१८ घरधुरी मध्य ४५ विपन्न परिवारलाई तेल नुन माक्स बितरण गरेको छ भने अन्य वडा बासी लाई दैनिक उपभोग्य सामाग्री वितरण गरेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ले जानकारी दिनुभयो । अन्य वडामा पनि विपन्न परिवारको वडागत रुपमा लागत संकलन गरी राहत वितरण कार्य सुरु गरेको छ । अन्य वडाका परिवारलाई राहत प्रदान गर्न लागत संकलन गरिएको ए.एन.बि हस्पिटल का संचालक गोरि कला बमले बताउनु भयो । उहाँका अनुसार सबैलाई राहत दिन कठिनाई भएको र केही भारतीय नागरिक समेत रहेका कारण उनीहरुलाई मापदण्ड बनाएर दोस्रो चरणमा राहत वितरण गरिनेछ । जिल्ला बाहिरबाट आएर सडक तथा भौतिक निर्माणमा काम गर्ने अलपत्र परेका मजदुरलाई समेत राहत स्वरुप नुन, तेल, माक्स लगायत सामग्री वितरण गरीने छ । ए.एन.बि हस्पिटल को तर्फ बाट पहिले नै स्वास्थकर्मी हरु असुरक्षित भयपछि स्वास्थ उपकरण हरु खरिदका लागि एक लाँख पचाँस हजार हस्तान्तरण गरेको र अन्य दिनमा पलाँतामा त्यस्तो जोखिम को समय आएपनि सयोग गर्न आफु कुनै पनि हालतमा सहयोग गर्न पछि नपर्ने वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *