दलित बस्तिमा मनाए अध्यक्ष बमले नयाँ वर्ष ।

जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले नयाँ वर्ष पनि फरक तरिकाले मनाएका छन् । अध्यक्ष बम नयाँबर्षको अबसरमा दलित तथा बिपन्न परिबारसँग शुभकामना आदानप्रदान गरेर मनाएका छन् ।

अध्यक्ष बल सोमबार विहानै चामलसहित पलाँता गाउँपलिकाको वडा न ९ का ६७ जना दलित परिवारमा पुगे । प्रतिघर ३० किलोग्राम चामलसहित दलित बस्तीमा पुगेका थिए । चामलसँगै दुई किलो नुन पनि बमले हस्तान्त्रण गरेका थिए ।आर्थिक अभावका कारण नयाँ बर्ष खल्लो नहोस् भनेर आफूले दलित तथा विपन्न परिवारलाई रोजेको अध्यक्ष बमले बताए । “नेपालसहित विश्वका सारा मानिसहरुले कोरोनासँग संघर्ष गरिरहेका छन् । हाम्रो गाउँपालिका पनि त्यही संघर्षमा छ । अहिले विगतमा जसरी नयाँवर्ष मनाउन अवस्था छैन, मैले पनि अभावका कारण नरामाइलो नहोस् भनेर नयाँ वर्षको अबसरमा दलित तथा विपन्न परिवारलाई सहयोग गरेको हुँ” अध्यक्ष बमले भने । उनले आफूले सधैं दुःखमा भएका जनतालाई सहयोग गर्दै आएको बताए ।नयाँ वर्षमा सहयोग पाएपछि दलित तथा विपन्न परिवारले खुशी व्यक्त गरेका थिए ।अध्यक्ष बमले नयाँ ,फरक र रचनात्मक कार्यक्रम गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *