रास्कोट नगरपालीका को वडा नंः ३ मा राहात वितरण ।।

लकडाउनको समयसीमा बढेपछि जिल्लाको रास्कोट नगरपालीकाले प्रत्येक वडामा राहत वितरण गरीरहेको छ । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस लाई ध्यानमा राख्दै नगरपालीका ले १ देखि ९ वडा सम्मका अति बिपन्न,गरीब असहाय परिवारलाई राहत वितरणको कार्यलाई तिब्रता दिएको नगर प्रमुख काशिचन्द्र बरालले जानकारी दिनुभयो । आज रास्कोट नगरपालीका को वडा नंः ३ का ५१ घरधुरीलाई ३० किलोको १ प्याक चामल,२ किलो दाल,एक प्याकेट आयोडिन युक्त नुन र एक प्याकेट तेल वितरण गरेको छ । वडा नंः ३ का वडा अध्यक्ष देउसिगे कुमाल,नेकपा का वडा कमिटि अध्यक्ष जग्ग फडेरा वडा सचिव राजेन्द्र नाथ योगिको रोहबरमा प्रत्येक घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरीएको छ । वडा नं. ३ मा खान को समस्या हुन नदिनको लागि सवै वडा बासिलाई खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष कुमाले जानकारी दिनुभयो ।विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहेको अवस्थामा यसको संक्रमण हुन नदिनका लागि जारी गरीएको लकडाउनले गर्दा यहाँमा रहेका गरीब, र दैनिक ज्यालादारीमा काम गर्ने हरुलाई राहत उपलब्ध गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *