१ करोड बढिको विपद जोखिम व्यवस्थापन कोषको स्थापना ।।

विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण गर्नका लागि तिलागुफा नगरपालिकाले १ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको नगर स्तरिय कोरोना भाइरस रोकथाम तथा विपद जोखिम ब्यबस्थापन कोषको स्थापना गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसवाट तिलागुफा नगरपालिकाका कोहि पनि नागरिकहरु संक्रमण नहुन र यसवाट बच्नका लागि पुर्व तयारी तथा सतर्कता अपानाउदै नगरपालिकाले १ करोड बढिको नगर स्तरिय कोरोना भाइरस रेकथाम तथा नियन्त्रण विपद जोखिम ब्यबस्थापन कोषको स्थापना गरेको नगरप्रमुख रतन बहादुर शाहीले बताउनु भयो । विश्वभरि कोरोना भाइरस फैलिरहेको बेला नेपालमा पनि चैत ११ गते देखि नेपाल सरकारले लकडाउनको घोषणा गरेको छ ।
लकडाउनको घोषणा गरेसँगै सम्पुर्ण कामहरु स्थगित भएका छन । कामहरु स्थगित भएपछि कतिपय शिर्षकको रकम चालु आर्थिक बर्ष ०७६। ०७७ मा वजेट खर्च गर्न समस्या भएको हो । नेपाल सरकारले परिपत्र गरे बमोजिम रोक्का हुने शिर्षकवाट आ।व। ०७६।०७७ को छैठौं नगर सभावाट स्वीकृत वार्षिक बजेटवाट रकम रकमान्तर गरि उक्त कोषको निर्माण गरि खर्च गर्ने निर्णय गरिएको नगरप्रमुख शाहीले बताउनुभयो ।कोरोना भाइरसको जोखिम न्यूनिकरण तथा रोकथाम गर्नका लागि स्थापना गरिएको विपद व्यवस्थापन कोषमा जम्मा भएकोरकम परिचालन तथा दैनिक काम संचालनका लागि नगर प्रमुख रतन बहादुर शाहीको संयोजकत्वमा ५ सदस्यीय कोष परिचालन समिति गठन गरि कार्यन्वयन गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *