स्थानीय किसानको अन्नबालि खरिद गरि बिपन्न परिवारलाई दिने गाउँपालीका को निणर्य ।
पचालझरना गाउँपालिका कालिकोटले स्थानीय किसानको अन्नबालि खरिद गरि लकडाउनले पीडित बिपन्न परिवारलाई दिने निर्णय गरेर स्थानीय उत्पादन र साना किसानलाई ठूलो हौसला मिल्ने भएको छ ।बिहिवार बसेको बिपत ब्यबस्थापन समितिको बैठकद्धारा पारित गरिएको निर्णयले पचालझरना गाउपालिकाका बिपन्न परिवार मात्रै नभइ आफ्नो उत्पादन गाउँ मै बिक्रि हुनेभएकोले स्थानीय किसानलाई पनि खुसी मिलेको छ ।
पचालझरना गाउँपालिका कालिकोटले कोरोना भाईरस रोकथामका लागी निरन्तर जनताको माझमा रहेर कामकारबाही गरि रहेको छ । अझै पनि कुनै समस्या छ्न भने एक कान दुई कान मैदान नगरी गाउपालीकामा राख्न गाउँपालिका अध्यक्ष खडकराज सेजुवाल आग्रह गर्नु भयो ।अहिले विश्व भरी फैलिएको कोरोना भाईरस ले गर्दा विश्वनै लकडाउन मा छ । यो भाइरस वाट बच्न विश्व नै लकडाउन भएको वेला पचाल झरना गाउपालीका पनि लकडाउनमा छ । आप्ना गाउपालीका भित्रका विपन्न नागरीकलाई पहिचान गरी गाउपालीका भित्र गरीद गरीएको स्थानिय उत्पादन वितरण गरीने अध्यक्ष सेजुवाले वताउनु भयो ।