पचालझरना गाउँपालिकाले कोरोना भाइरससँग सम्वन्धित कार्यमा खटिने स्वास्थ्यकर्मीको ५ लाखको विमा गर्ने।।

जिल्लाको पचालझरना गाउँपालिकाले कोरोनो भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न अभियान संचालन गरेको छ । बुधवार बसेको पचालझरना गाउँपालिकाको बोर्ड वैठकले विश्वब्यापी रुपमा आतङक मच्चीरहेको कोरोना भाइरस विषयको अभियानमा गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको छ ।बैठकले कोरोना भाइरस ( कोभिड १९) सँग सम्वन्धित कार्यका लागि खटिने स्वास्थ्यकर्मीको ५ लाखको विमा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको चेक जाँचमा स्वास्थ्यकर्मीहरु पनि असुरक्षित हुने हुँदा उनिहरुको लागि ५ लाखको विमा गर्ने निर्णय गरेको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनु भयो । साथै कोरोना भाइरससँग सम्वन्धित कार्यका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, तथा जनप्रतिनिधिलाई खटिएको स्पष्ट अभिलेखको आधारमा खाजा नास्ता वापत दैनिक ५ सय रुपैया प्रोत्साहन रकम उपलब्ध गराउने अध्यक्ष सेजुवालले बताउनु भयो ।

सबै वडा कार्यालयहरुले दैनिक रुपमा गाउँ गाउँमा आउने र जानेको रेकर्ड राख्ने भएको छ । वडाले यूवाहरुलाई परिचालन गरि सार्वजनिक स्थलहरुमा पोष्ट टास्ने, टोल तथा वडालाई नै लकडाउन गर्ने र वडा टोललाई सरसफाइ यूक्त राख्ने निर्णय गरेको छ । छिमेकी देश तथा अन्य जिल्लामा अलपत्र परेकाहरुलाई सम्पर्कमा ल्याई उनिहरुको ब्यबस्थापन सहित सहज रुपमा आउने ब्यबस्थापनको निम्ति पहल गर्ने भएको छ ।गाउँपालिका अध्यक्ष खडकराज सेजुवालको संयोजकत्वमा विपद ब्यबस्थापन समन्वय समिति गठन गरिएको छ । गाउँपालिकाका कर्मचारीहरुले ३ दिन बराबरको तलब भत्ता विपद ब्यबस्थापन कोषमा जम्मा गरि परिचालन गर्ने निर्णय गरेको छ । र वडा नं :३ का वडा अध्यक्ष लोकजन कठायतको संयोजकत्वमा एम्बुलेन्स संचालक समिति पनि गठन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *