स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई यो बेला प्रोत्साहन गर्न जरुरी (पलाँति कान्छा )

विश्व माहामारिले आतङ्कित र भएभित भएको छ । दिन दुईगुणा त रात चौगुणा माहामारि ले ज्यान लगिरहेको छ । यहाँ न गरिब न धनी न कलाकार न नेता , न सुरक्षाकर्मी त न स्वास्थ्यकर्मी भनेको छ । कोरोना भाईरसले चारै तिर हमला गरिरहेको बेला शक्तिशाली राष्ट्र पनि आज घुडा टेकेर एक अर्को लाई हारगुहार गरिरहेका छन एकातिर । अर्कोतिर देशै ठप्प गर्ने होडबाजिमा साना देखि ठुला सरकार लागिरहेका छन । सबैलाई घरभन्दा बाहिर ननिस्कन विभिन्न संचारमाध्यम ले सजके जत्तिको प्रचार पसार मा रात दिन तिव्रता दिइरहेका छन । यतिले मात्र यहाँ पुगेको छैन । आज हामी केही समस्या त कहि चेतनाको कारण नियम पालना गर्नमा कन्जुस्याइँ गरिरहेका छौ भने स्वास्थ्य क्षेत्रमा पनि चेकजाँच गर्नु पर्छ म बिरामि भए पनि अरुलाई बिरामि हुन दिनु हुन्न भनेर मानबियताको अभाबका कारण सरकार देखि समुदाय संकटमा छ । यसैलाई बचाउन अबरत्न खटिरहने जो समाजसेवा होस् या बाध्यता ले जिबनको प्रबाहा नगरि भोक निन्द्रा र घाम पानी नभनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खट्नुपरेको छ । न यिनलाई प्रयाप्त मात्रामा स्रोतसाधन उपलब्ध गर्न सकेका छौ नत यिनलाई दैनिक पकेट खर्च उपलब्ध गर्न सकेका छौ ।अध्यारोमा खटिएर उधारो पेट पाल्न बाध्य छन । यसरी खटिने ब्याक्तिलाइ हौषला दिलाउन जरुरि हुन्छ । प्रोत्साहन दिएर थप बल पैदा गर्ने बेला कहि नेर हामी सरकार वालाले मन दुखाउनु राम्रो हुदैन । आज एक अर्को पछि समाज आतङ्कित हुनेगरि तात्तिएका सामाजिक संजालका भित्ताले त्यति राम्रो हुदैन त्यसैले प्रत्येक पलपलमा जिम्मेवार निकाय सजक हुन जरुरि छ । निर्णय लिदा अघिपछि सबै अध्ययन गरेर लिन जरुरि छ । यहाँ अर्बौ कर छल्ने एनसेल कम्पनि र करोडौं छल्ने उद्योगी लाई कठघेरामा ल्याएर बैंक ब्यालेन्स सिधै कब्जा गरेर बिपदमा लगानि गरौ र राज्यलाइ बचाउँ अनि सम्पूर्ण समुदाय का साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई सरकार भएको अनुभूति गराउनु नै हाम्रो कार्यभार हो । यो बेला बचन र बचाउन सकेनौ भने इतिहासले छोड्ने छैन हामी सचेत हुन सवैलाई आग्रह गर्दछु ।यो मेरो सानो सुझाब हो म धेरै जान्ने भएर हैन आजको प्रहरीको तलाब भत्ता काटेर बिपद कोषमा जम्मा गर्ने खबरले दुईचार अक्षर सन्देश मुलक लेखेको हुँ । हाम्रो पलाँताले डिउटिमा खटिनेलाई दैनिक ५०० खानानास्ता खर्च बापत उपलब्ध गर्ने निर्णय गरेको छ । र पलाता सरकारले अहिले सम्म पलाँता २ स्वास्थ्य चौकी धौलागोहमा बिभिन्न स्वास्थ्य सामाग्री सम्पुर्ण स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरु लागि सुरक्षा कवज पि पि इ १०० सेट १०० पिस सेनिटाइजर, सबै स्वास्थ्यकर्मिको लागि पि पि इ, सेनिटाइजर र ग्लोब्स बितरण गरेको र माक्स २००० पिस त्यसैगरी बिभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *