कोरोना भगाउन क्लोरिन छर्किदै नगरपालीका ।।

खाँडाचक्र नगरपालिकाले बढ्दै गएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाको सदमुकाम मान्म बजारमा क्लोरिन झोल छर्किएको छ ।११ वटा वडाका मुख्य बजार क्षेत्रभरी क्लोरिन छर्ने कार्यलाई तीव्रता दिने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र सेजुवालले जानकारी दिए । लकडाउनले सुनसान रहेको मान्म बजारमा कुनै किसीमको रोग नफैलियोस् भन्नका लागि नगरपालिकाले बजार क्षेत्रमा क्लोरिन छर्केको खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले बताए ।उनका अनुसार नगरपालिका भित्रका नागरिकहरूलाई स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएको छ ।

     प्रमुख प्रशासकिय अधिकृत खड्कप्रसाद उपाध्यायले नगरबासीहरूका समस्यालाई मध्यनजर गर्दै कुनै समस्या सृजना हुँन नदिने र नगरपालिकाको सिंगो टिम नै समस्या समाधान गर्नतिर लाग्ने बताए । कालीकोटका ९ वटा स्थानिय तहका जनप्रतिनिधीहरु आ–आफ्नो स्थानिय तहमा कोरोनाबाट बच्न सचेतना जगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *