७० वर्षिय वृद्वद्वारा विपत कोषमा ४० हजार सहयोग ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले स्थापना गरेको राहत कोषामा सोहि नगरपालिका वडा नं ६ निवासि ७० वर्षिय वृद्व पृथ्वीबहादुर वमले द्धण् हजार एक सय रकम कोषामा जम्मा गरेका छन । विश्वभरि फैलिएको कोरोना भाईरस कोभिड १९ लाई नियन्त्रण तथा रोकथामा सरकारले गरेको लकडाउनले अतिगरिब,दैनिक ज्यालादारि गरिखाने समुदाय लाई ठुलो समस्या लाई मध्यनजर गरि नगरपालिकाले स्थापना गरेको ५० लाखको राहत कोषमा मनकारि वृद्व वमले, व्यक्तिगत रूपमा सहयोग गरेका हुन । राहतको लागि चेक हस्तान्तरण गदै वृद्व वमले, आफु संग धेरै पैसा भएको सहयोग गरेको हैन, लकडाउको मारमा परि ठुलो विपतको पिडामा परेकाअति विपन्न र दैनिक काम नगरि खान नपुग्ने मजदुरको लागि थोरै भएपनि उनिहरूको आलो घाउमा मलम पर्टि लागाएको हुँ । हुन त म ७० वर्ष पुगिसके, अस्ताउन लागेको डाँडा मुनिको वेललाई रातिको अंध्यारोको के वास्ता, तर, यो धर्तिमा रहिरहेको वेला, देशमा ठुलो संकट आईलागेको भोग्दा र देख्दा सानो भएपनि सहयोग गर्ने मन लाग्यो ।, उनले भने, भृतिमनले गरेको सहयोगले गरिव जनाताले भोको पेट भर्ने विश्वास लिएको छु । सहयोग गरेको चेक वुझ्दै रास्कोट नगरपालिका प्रमुख काशिचन्द वरालले, वुढेसकालमा दिन खाईसकेका वृद्व पृथ्वी वमको सहयोग सवैभन्दा ठुलो भएको प्रशंसा गर्नु भयो । उहाले, नगरपालिकाले स्थापना गरेको राहत कोषमा सवैको सहयोग रहने बताए । उनले मनकारि वृद्व वमलाई धन्यवाद पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *