भिडिसेफ नेपालबाट संचालित शुभारम्भको सहयोग ।

कालीकोटस् जिल्लाको तिलागुफा नगरपालिकामा शुभारम्भ परियोजनाले ७७ हजार ९ सय ४६ रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ ।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड ९१९० का विरुद्धमा विश्व समुदाय लडिरहेका बेला त्यसलाई तिलागुफामा फैलिन नदिनका लागि सेभ द चिल्ड्रेनको सहयोगमा कालीकोट जिल्लामा साझेदार संस्था भिडिसेफ नेपाल कालीकोटको सहजिकरणमा संचालित शुभारम्भ परियोजना अन्तरगत सहयोग हस्तान्तरण गरिएको हो ।कालीकोटको तिलागुफामा कोरोना भाईरस फैलिन नदिनका लागि आफ्नो संस्थाबाट संचालित परियोजनाले सहयोग गरेको भिडिसेफ नेपाल कालीकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले बताए । उनले भने, ‘अहिले नागरिकमा त्रास छ, यस्तो त्रासलाई कम गर्नका लागि संस्थाले सहयोग गरेको हो ।उनका अनुसार तिलागुफा नगरपालिकामा स्थानिय सरकारसंग सहकार्य गदै रोग लाई फैलिन नदिन भारतवाट आएका र अन्य संकास्पद व्यक्ति लाई क्वारेनटाईममा राखीएको छ उक्त क्वारेनटाईमा राखीएका व्यक्तिहरुको सुरक्षाको लागी १३ थान वेडीङ, सिरक, डस्ना, तन्ना, सिरानि र एक हजार पिस लाईफवाई सावुन वितरण गरेको जानकारी दिए ।

भिडिसेफले दिएको सामाग्री बुझ्दै तिलागुफा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण चौलागाई, स्वास्थ्य सहायक जसेन्द्र शाही र चक्र प्रशाद अधिकारीले यो महामारीमा अन्य संस्थालाई पनि सहयोग गर्न आग्रह गरे । सामाग्री भिडीसेफ नेपाल कालीकोटका कार्यक्रम अधिकृत डम्मर रोकाया र लेखा अधिकृत गजेन्द्र वुढथापाले नगरपालिकामा हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *