मास्क र साबुन लिएर घर–घरमा स्थानिय सरकार ।।

जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट उपाध्यक्ष मनशोभा बुढा लगायतको टोलि यतिबेला गाउँअभियानमा जागेको छ ।विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड ९१९० को रोकथामका लागि गाउँपालिका भित्र रहेका नागरिकलाई सुरक्षित बनाउन गाउँपालिकाले मास्क, साबुन लिएर गाउँअभियानमा लागेका हुन् । आफ्ना मतदाताहरुलाई सुरक्षित राख्नका लागि गाउँपालिकाले प्रत्येक वडा, टोलटोलमा गएर कोरोना भाइरसबाट बच्ने उपाएको जनचेतना फैलाउर्दै विभिन्न सुरक्षाका सामाग्रीपनि हस्तान्तरण गरेका छन् ।

९ वटा वडा रहेको नरहरिनाथ गाउँपालिका भित्र बसोबास गर्ने नागरिकका घरघरमा गएर मास्क, साबुन वितरण थालिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनले भने, ‘अहिले विश्वभरी कोरोनाको त्रास छ, यसबाट जोगिना गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकलाई सुरक्षित बनाउनका लागि गाउँपालिका टिम खटिएको छ ।’ अध्यक्ष विष्टले भने, ‘मलाई कोरोनाको डर छैन, जनताको सेवाका लागि जनप्रतिनिधि भएको हुँ, मेरा गाउँपालिकाका जनतामा कोरोना संक्रमण हुन नदिनका लागि रात दिन खटिएको छु ।
गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले आफुहरुले रातदिन जनताको सेवामा लागेको बताईन् । उनले भनिन् ‘अहिले विश्व नै कोरोना भाइरसबाट आक्रान्त बनेको छ यसको रोकथामका लागि गाउँपालिकाले सक्दो प्रयास गरेको छ ।’ नरहरिनाथ गाउँपालिकाका ५ वटा क्वारेन्टाईनमा करिव ३० जनालाई राखिएको छ, बुढाले भनिन्, ‘एक वडाबाट अर्को वडामा जानका लागि पनि कडाई गरिएको छ, गाउँमा कुनै नया मानिस आएमा उसको रेकर्ड राख्ने काम पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *