बेसाहारा परिवार का भगवान बन्दै अध्यक्ष बम ।।

मनकारी पलाता गाउपालीका अध्यक्ष लक्ष्मण बहादुर बम ले जिबन भरी साथ दिने जिवन साथि गुमाएकि एक किसोरीलाई काज क्रियाका लागि रु १५ हजार नगद र ५ वोरा चामल ब्यक्तिगत सहयोग गर्नु भएको छ । उनका श्रिमानको अकालमै हिजो निधन भएको थियोे । कमाएर ल्याउने श्रिमानको अकालमै निधन हँुदा संसारै अध्यारो देखेकि किसारीको भगवान भएर अध्क्षय बम आएको स्थानिय बासिले वताएका छन । यसरी संधै भरी गरीब र दिन दुखिको साथमा रहने अध्यक्ष बमले धेरैको दुखिरेको घाउको मलम बनेको स्थानिय पुर्णसिहँ बमले वताएका छन । साथै पलाता गाउपालीका बडा न ३ मा एक बिचल्लीमा परेकि रोकाया परिवारका जीवन साथि र आमा र बाबा गुमाएका बालबालिकालाई १० कक्षा सम्म पठन पाठन मा आफुले सवै सहयोग गर्ने वताउनु भयो । जिवन साथि गुमाएकि किसोरीलाई जिवन जिउन केहि सहज होस् भन्ने उद्देश्यले आफुले वैशाख १ गते देखि हाजिर हुने गरी बर्थिङ सेन्टर धौलागोमा जागिर मिलाईएको छ । यो बिपद को बेला सवै आम नागरिकलाई खुलेर सहयोग गर्न पलाँता गाउँपालिकाले अनुरोध गरेको छ ।

 

साथै यतिवेला विश्वभर फैलिएको कोराना भाईरसका कारण मृत्यु हुनेको सख्यां दिन प्रतिदिन बढ्दै गइरहेको छ । यो भाइरस महामारी भएकाले पनि नेपाल सरकारको नियम उल्लंघन गरी भेला हुने लगाएतका क्रियाकलाप नगर्न आग्रह समेत गर्नुभएको छ । यो भाईरसका कारण मर्नेको सख्या र सक्रमित हुनको सख्या दिनप्रति दिने बढिरहेको हुनाले यसबाट बच्न आफैले विषेश ध्यान दिनु पर्नु भएकाले कसैले पनि लार्पबाहि नगर्न सवै स्थानिय बासिलाई अनुरोध गर्नुभएको छ । भारत लगाएत अन्य देशबाट फर्किएका सबैलाई १४ दिनसम्म परिवारबाट छुट्टै बस्नको लागि पालिकाले सबै व्यवस्था मिलाएको अध्यक्ष बमले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *