जिल्लाको रास्कोट नगरपालिकामा नेपाली काँग्रेस कालीकोटद्धारा मास्क वितरण , मास्क पाउदा स्थानिय बासि हर्सित ।।

 कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा नेपाली काँग्रेस कालीकोटले मास्क वितरण गरेको छ । रास्कोट नगरपालिकाका स्थानीय नागरिकको घरदैलोमा गएर मास्क वितरण गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट कालीकोट जोखिममा रहेकाले काँग्रेस कालीकोटले नागरिकमा सचेतना फैलाउर्दै मास्क वितरण गरेको छ । कोरोना भाईरसबाट बच्नका लागि आनिवानी खानपानमा ध्यान दिन आग्रह गर्दै काँग्रेसले रास्कोट नगरपालिकाको वडा नं १ देखी वडा नं ६ सम्म मास्क वितरण गरेको छ । रास्कोट नगरपालिकाका कुनै पनि स्थानीय नागरिकलाई कोरोनाको संक्रमण नहोस भन्ने हेतुले नेपाली काँग्रेस प्रदेशसभा ख ले ९ वटै वडामा मास्क वितरण गर्न थालेको हो । रास्कोट नगरपालिकाका प्रत्येक वडा तथा टोलटोलमा गएर मास्क वितरण गर्ने नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि दानबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले कोरोनाको महामारी फैलिएको छ रास्कोट नगरपालिकामा मास्क छैन यहाँका स्थानीय नागरिकको न्युन आय भएकाले मास्क किन्न सक्ने अवस्थामा नभएकाले आफुहरुले मास्क वितरण गरेको बताउनुभयो । उहाँले आपत र विपदको बेला सवैले काँग्रेसलाई खोज्ने भएकाले काँग्रेस जनताको सेवा र जनताकै विचमा भएको जानकारी गराउनका लागि पनि हामीले मास्क वितरण गरेको हो । उहाँले भन्नुभयो, जनताको सेवाको लागि आफु लाग्नु बाध्यता भएकाले पनि सानो सहयोग गरेको बताउनुभयो । उहाँले रास्कोट नगरपालिकाका प्रमुख र कार्यकारी नगरमा नभएकाले नागरिबाट मास्कको माग बढेकाले काँग्रेसले सहयोग गरेको बताउनुभयो । कालीकोट काँग्रेस ले सांकेतिक रुपमा मास्क वितरण गरेको प्रदेश सभा ख का सभापति दमनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, काँग्रेस हरपल जनताको माझमा हुने पाटी भएकाले जनतालाई के आवश्यकता छ सोही आवश्यकताको मध्येनजरगरी पुरा गर्दै आएको बताउनुभयो । उहाँले रास्कोट नगरपालिकाका स्थानीय न्युन आय भएका नागरिकलाई मास्क वितरण सुरु गरेको बताउनुभयो । आफुले मास्कका लागि पटक पटक नगरपालिकामा भनेको भएपनि नगरपालिकाले वास्ता गरेको थिएन अहिले काँग्रेसले वडा वडामा टोलटोलमा आएर मास्क वितरण गर्यो, मैलेपनि मास्क पाउदा निकै खुसी भएको रास्कोट नगरपालिकाका स्थानीय कविबहादुर बमले बताउनुभयो ।त्यस्तै आफुसंग मास्क किन्ने समेत रुपिया थिएन अहिले निशुल्क मास्क पाउदा खुसी लागेको रास्कोट नगरपालिकाका स्थानीय काली तिरुवाले बताउनुभयो । उहाँले भन्नुभयो, न्युन आय भएका गरिव नागरिकले निशुल्क मास्क पाउदा खुसी लागेको छ । मास्क वितरण  कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालीकोटका सदस्य आनन्द शाही पत्रकार पुष्पराज भट्टराई लगायत रास्कोट नगरपालिकाका टोटोलमा गएर वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *