घररघमा गई मास्क र साबुन वितरण,सवैले आ आप्नो ठाउमा सचेत हुन अध्क्षय बमको आग्रह ।।

नमराज न्यौपाने पलाता कालिकोट

    कालिकोट जिल्ला को पलाता गाउँ पालिका स्थित राडुनेटा मिजुबाडा बान्जडा खाडा सितल गाउमा अनुगमन गरीएको छ । अनुगमन मा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम सहिद स्मृति कला साहित्य प्रतिस्ठान का अध्यक्ष पूर्णसिंह बम ,रेडियो पलाता आवाज का स्टेशन मेनेजर सुमन कुमार बम , कार्यक्रम संयोजक तिलक बुढा प्राबिधिक नम राज न्यौपाने , उर्जा संयोजक जन राज बम , पलाता निर्माण दल का संयोजक कल बहादुर बम लगाएत टिमले अनुगमन गरेको छ । अनुगमनको क्रममा गाउँमा सरसफाइ सम्बन्धि जनचेतना फैलाउदै माक्स र साबुन गरेको अध्यक्ष बमले बताउनु भयो । स्थानिय सरकार नजिकै भएकाले पलाँता वासीलाई कोरोना रोगवाट कोहिपनि त्रसित नहुन अनुरोध गर्नुभयो । यो कोरोना रोगवाट कोहि पनि नआत्तिन आग्रह गर्दै सबैले सरसफाइ मा विषेश ध्यान दिएर गाउँपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । आफ्नो यो अनुगमनले कोरोना रोकथाममा केहि सहयोग पुगोस भनेर गाउँ टोलमा अनुगमन गरेको उहाँको भनाई छ । पलात बासिको जिउधनको सुरक्षाका लागि अनुगमन रहेको छ भने लकडाउनको अवधीमा खटिने प्रहरीलाई नागरिकहरुको पनि साथ छ भन्ने सन्देश दिन पनि आफुहरुले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । आप्नो घरघरमा आएर कोरोना रोग बाट बच्न मूक र सावुन वितरण गर्दा त्यहाँका जन्ताले स्थानिय सरकार नजिकै रहेको महसुस गरेका छन । पलाता सरकार ले गरेको कामको प्रसंशा गर्दै मास्क र हात धुने साबुन सहयोग गरेर ठुलो सहयोग पुगेको स्थानीय बासी लक्ष्मिचन्द न्यौपाने बताय । उनले भने, आइतबार सम्म हामिसँग मास्क नै थिएन् । पलाता सरकारले मास्क सहयोग गरेर प्रयोग गरिएको बताए । गाउँ पालिकाबाट थप मास्क उपलब्ध भएको छ । यसबाट बजारमा मास्क नपाईने भएकाले हामीलाई ठुलो सहयोग पुगेको प्राबिधिक नम राज न्यौपानेले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *