कालीकोट जिल्लाको महावै गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाईन निमार्ण ।

 कालीकोट जिल्लाको महावै गाउँपालिकाले प्रत्येक वडामा क्वारेन्टाईन निमार्ण गरेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिका भित्र रहेका नागरिकलाई सुरक्षित बनाउनका लागि प्रत्येक वडामा क्वारेन्टाईन निमार्ण गरेको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, विश्वभरी फैलिएको कोरोनाभाईरसको संक्रमणबाट बचाउनका लागि नागरिकको सुरक्षामा गाउँपालिकाले ७ वटा वडामा क्वारेन्टाईन बनाएको हो । उहाँका अनुसार गाउँगाउँमा टोलटोलमा स्वास्थ्यकर्मी सहित साबुन र मास्क वडा वडामा वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका नागरिकलाई सुरक्षित बनाउनका लागि महावै गाउँपालिका वडा नं ४ को संगिन प्रावि वडा नं ३ को हिमालय मावि वडा नं २ को ओदा फाउन्डेसन वडा नं १ जनता मावि वडा नं ७ राम मावि वडा नं ६ को पञ्चकालीका मावि वडा नं ५ को आकाश आधारभुत विद्यालयमा क्वारेन्टाईन बनाएर नागरिकलाई सुरक्षित बनाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *