कोटबाडाको महविसौना देखी वाउसेरासम्मको सडक अध्यक्ष द्धारा शिलान्यास ।

कर्ण कुमाल

कालिकोट  जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ को महाविसौना देखी वाउसेरासम्मको सडकको पुनस् निर्माणका लागि सडक शिलान्यास गरिएको छ ।गाउँपालिकाबाट आर्थिक वर्ष २०७६–०७७ मा छुट्याईएको १ करोड ५० लाख रकमको ठेक्काद्वारा सो सडक पुन निर्माण गर्ने र कोटबाडाको वाउसेरासम्म ६ कि मी सडकमा ग्याविन सहितको पर्खाल ठेकेद्वार मिन बहादुर शाहीले निर्माण गर्ने जिम्मा लिईएको बताईएको छ । गाउँपालिकाको वडा नं २ को डाडाँखलासम्म मोटरगाडी पुगेपनी केही ठाउँमा सडक पुन निर्माण गर्नु पर्ने भएकाले ठेक्काद्वारा सडक निर्माण गर्नपर्ने र अति आवश्यकीय ठाउँहरुमा पुन निर्माणको कामको थालनी गरिएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले बताउनुभयो । ठेकेद्वारद्वारा निर्माण हुने सडकको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढाले संयुक्त रुपमा सो सडकको शिलान्यास गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *